logo

प्रादेशीक रंगशाला बनाउन माग गर्दै बीरगंजमा नेविसंघको प्रर्दशन

      12/16/2018 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको


वीरगंज, १ पुस ।
बीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै नेपाल बिद्यार्थी संघ पर्साले बीरगंजमा प्रर्दशन गरेको छ ।

 वीरगंज स्थित नारायणी रंगशालालाई प्रादेशीक रंगशाला बनाउनु पर्ने मांग गर्दै आइतबार वीरगंजमा प्रदर्शन तथा चक्का जाम गरिएको हो । नेविसंघ, पर्साको आयोजनामा वीरगंजको माइस्थान चौकमा एक घण्टा चक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरिएको हो ।

नेवि संघ, पर्साका अध्यक्ष बिश्वास रंजन द्विवेदीको नेतृत्वमा भएको कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य सुधीर पटेल, बद्रीनारायाण तिवारी, विद्यार्थी नेता रोशन सिंह, विकेस पटेल, सुरज पटेल, कृष्ण उपाध्याय, दिपु गुप्ता, राहुल रौनियार, अजय कर्ण, खेम अधिकारी, विवेक गुप्ता, आसिफ अंसारी, अबदुल कयुम, राजन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।


नेपालको दशरथ रंगशाला पछिको ठुलो रंगशला बीरगंजको नारायणी रंगशाला हो । तर असोज २५ गते २ नम्बर प्रदेश सकारको मंत्रीपरिषदको बैठकले जनकपुरमा प्रादेशीक रंगशाला बनाउने निर्णय गरेको थियो।  


भदौ १० गते राष्ट्रीय खेलकुद परिषदेले प्रदेश सरकारलाई प्रादेशीक रंगशाला निर्माणकालागि स्थान छानौट र स्वामित्वको स्थिति लेखी पठाउन पत्राचार गरेको थियो । त्यही पत्राचारको जवाफमा प्रदेश सरकारले मंत्रीपरिषदको निर्णय गरेर प्रादेशीक रंगशला जनकपुरमा बनाउने निर्णय गरेको हो । 


प्रदेश सरकारको मंसीर २८ गते बसेको बैठकले भने त्यो भन्दा अगाडिको आफनै निर्णय सच्याउन सकेको छैन । उसले प्रदेश स्तरीय रंगशाला बनाउने निर्णय नभएको भनेर पछिल्लो निर्णयलाई समेत जीवीत राख्ने काम गरेको छ । ०७५ असोज २५ मा मंत्री परिषद बैठकले गरेको निर्णयलाइृ के गर्ने भन्ने कुरा उल्लेख नभएकोले पनि सरकारको यो निर्णय पनि परिपक्व नभएको टिप्पणी गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.