logo

समाजको तेश्रो साधरण सभा सम्पन्न अध्यक्षमा पून खनाल

      12/15/2018 गते 00 00 मा प्रकाशित     863   पटक पढिएको

बीरगंज २९ मंसीर 
स्वतन्त्र मानव अधिकार समाजको तेश्रो साधारण सभा शनिवार बीरगंजको भूटनदेवीमा सम्पन्न भएको छ ।

पर्सा जिल्लाका न्यायधीश बद्री प्रसाद ओलीले साधारण सभाको उद्धघाटन गरेका थिए ।

 

उनले मानव अधिकारको पक्षमा काम गर्ने अभियान्ताहरुले दायित्वको बिषयलाई पनि उठाउनु पर्नेमा जोड दिए । उनले आफनो अधिकारको कुरा गर्दा अरुको अधिकार कुण्ठीत नहोस भन्ने कुराको हेक्का राखिनु पर्ने सुझाव दिए ।

 

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि के.सीलामिछानेले राज्यले नागरिक सामु गरेका वाचाहरु पुरा नगरेर मानव अधिकारको  उल्लंघन गरेको आरोप लगाए ।

 

उनले नागरिकको आर्थिक समाजिक तथा सास्कृतिक अधिकारको कुरा गर्दा पर्सा जिल्लाको अवस्था सन्तोषजनक नहरेको बताए । उनले मानव अधिकारको प्रत्याभूतीकालागि जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा नेपाल प्रहरीका एसपी रेवती ढकाल ,बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष अशोक बैद्य दीलीप कार्की मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर गौतम लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 


तेश्रो साधारण सभामा संस्थाका महासचिवले प्रस्तुत गरेको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । सभाले पून ः कृष्ण खनालको अध्यक्षतामा नया समिति गठन गरेको छ ।
कार्यक्रको संचालन सन्तोष खनालले गरेका थिए । 

कार्यक्रममा  मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई कदरपत्र र सममानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । 

साधारण सभाले  तीन वर्षको लागि सभापति कृष्ण कुमार खनाल,उपसभापति नन्दि किशोर यादव,माहासचिव दिपक साह कानु,कोषाध्यक्ष उर्मिला देवी कुशवाहा,सचिव टङक ढकाल,सह कोषाध्यक्ष अकित जालान तथा  केन्द्रीय सदस्यमा आशिष कुमार मिस्रा,रवि परियार ,सुवोध गुप्ता ,बृजेश अग्रवाल,नितिन शाह,मुकेश सिह, तिलक साह कानु, दिनेश शराफ ,प्रकाश वाहिते ,अभिषेक साह,गुप्ता ,रामभरोस यादव र मानार्थ सदस्यमा बिणा देवी बैठा लगाायतका निविरोध चयन भएका छन् 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.