logo

नाकाबन्दी र बलिदानी बीरगंजले दिने अवसर र पूर्वाधार अन्यत्र जाने ?

      12/9/2018 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

बीरगंज २३ मंसीर । नेपालको दशरथ रंगशाला पछिको ठुलो रंगशला बीरगंजको नारायणी रंगशाला हो । तर असोज २५ गते २ नम्बर प्रदेश सकारको मंत्रीपरिषदको बैठकले जनकपुरमा प्रादेशीक रंगशाला बनाउने निर्णय ग¥यो ।  

 

भदौ १० गते राष्ट्रीय खेलकुद परिषदेले प्रदेश सरकारलाई प्रादेशीक रंगशाला निर्माणकालागि स्थान छानौट र स्वामित्वको स्थिति लेखी पठाउन पत्राचार गरेको थियो । त्यही पत्राचारको जवाफमा प्रदेश सरकारले मंत्रीपरिषदको निर्णय गरेर प्रादेशीक रंगशला जनकपुरमा बनाउने निर्णय गरेको हो । 


जनकपुर उपमहानगरको वडा नं १४ मा रहेको लक्ष्मण गुठी मन्दीरको गुठी तैनाथी जग्गाको १६ बिगाह  १७ कठा १९ धुर क्षेत्रफल राम जानकी बहुउद्धेशिय अन्तराष्ट्रीय रंगशाला  निर्माण गर्नकालागि राष्ट्रीय खेलकुद परिषदले वर्षिक ९ लाख भाडा तिरेर  भाडामा लिएको छ ।  प्रदेश सरकारले त्यही जग्गामा रंगशाला निर्माण गर्ने भन्दै  निर्णय गरेको हो ।

 

प्रदेश सरकारको यस्तो निर्णय भने मध्यमाञ्चल खेलकुद बिकास समितिले पछि मात्र थाहा पायो । म काठमाण्डु गएपछि थाहा पाए मध्यमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष मानदेव हजराले बताए । उनले नारायणी रंगशालालाई स्तरीय बनाउनकालागि आफूले गरेको प्रयास खेर जान्छ की भन्ने चिन्ता लागेको बताए ।


बीरगंजमा २०४२ सालमा निर्माण भएको नारायणी रंगशाला राष्ट्रीय खेलकुद परिरषदको स्वामित्वमा छ । १८ बिगाह क्षेत्रफलमा फैलिएको नारयाणीरंगशाला फूटवल मैदान र क्रिकेट मैदान छ । अहिले राष्ट्रीय खेलकुदपरिषदले २६ लाख रुपैया लगाएर डिपीआर समेत बनाएको छ । १५ हजार दर्शक क्षमताको फूटवल मैदान ,७ हजार दर्शक क्षमताको क्रिकेट मैदान ,बहुउदेशिय कर्भड हल ,स्वीमिङपूल तथा पार्किङ निर्माण हुने गरि डिपीआर बनेको छ ।

 

यही वीचमा राखेपले ७५ लाख रुपैया लगाएर बाउण्ड्री वाल समेत निर्माण भएको छ भने साढे २ अर्वको लागतमा अन्तराष्ट्रीय स्तरको रंगशाला बन्ने गरि डिपीआर तयार गरेको छ यती काम अगाडि बढीसकेको बीरगंजको रंगशालाले प्रादेशीक रंगशालाको मान्यत नपाउदा बीरगंजका राजनीतिकक्रमीहरु आश्चर्यमा परेका छन ।।मौजुदा अवस्थामा पनि रंगशालाले अमात्य गोल्ड कप ,महेन्द्र गोल्डकप ,बीरेन्द्र शिल्ड जस्ता दर्जनौ प्रतियोगिताहरुका माध्यमले दर्शकलाई पर्याप्त खेल मनोरञ्जन दिएको इतिहास छ ।

 

केही दिनमा बिशल मेमोरियल गोल्डकप हुदैछ ।  यस्तो महत्वको खेल मैदान प्रति प्रदेश सरकारको बेवास्ता भने उद्धेक लाग्दो  छ । प्रदेश सरकारले अ आधारमा निर्णय ग¥यो त्यो त थाहा छैन तर प्रादेशीक रंगशाला बीरगंजलाई नवनाउने निर्णय हो भने त्यो ठीक छैन म सरकारलाई आग्रह गर्छु त्यो निर्णय सच्याउनु पर्छ । 


बीरगंजले  ठुला ठुला खेल प्रतियोगिता सम्पन्न गरेको छ । आर्थिक राजधानीको रुपमा रहेको बीरगंजमा भएको यत्रो पूर्वाधारलाई नजरअन्दाज गरिएको कुरा स्वयं सत्ताधारी दलका नेताहरुलाई पनि पचेको छैन । सघीय समाजवादी फोरम नेपाल पर्साका प्रशिक्षण बिभाग प्रमुख  समेत रहेका युव नेता तवरेज अहमदे आर्थिक राजधानी बीरगंजले जुन सुकै स्तरको प्रतियोगितालाई होस्ट गर्न सक्छ त्यसकारण सरकारी लगानीमा बनेको यत्रो पूर्वाधारलाई नजरअन्दाज गर्न नमिल्ने बताउछन  । 


प्रदेश सरकारले देशकै दोश्रो रंगशालालाई प्रादेशीक रंगशाला नवनाउने निर्णयलाई मध्य तराईमा भने सरकारको हेपाह नीतिको रुपमा लिन थालिएको छ । सरकारको नेतृत्व गर्ने मुख्यमंत्री बीरगंजकै हुदा पनि बीरगंजले न्याय नपाएको अर्थमा सरकारको यो निर्णयलाई लिन थालिएको छ । सरकारले यो निर्णय नसच्याएमा आन्दोलनको आधार बन्न सक्ने छ । नेकपा प्रदेश सदस्य समेत रहेका प्रभू हजराले सरकारले निर्णय नसच्याए यही कुरा सरकार बिरुद्धको आन्दोलनको अस्त्र बन्न सक्ने बताउछन ।


मधेश आन्दोलनको इपिसेन्टर रहेको बीरगंजमा अहिले ,नाकाबन्दी र बलिदानी बीरगंजले दिने र त्यसको बदलामा राजधानी लगायतका अन्य सबै पहुचयुक्त संयन्त्रहरु पूर्वमा मात्रै हुने भन्ने प्रश्न उठन थालेको छ । यस्तो खाले प्रश्नको सहि जवाफ बेलैमा खोजिएन शान्ति र अमनको अवस्था दीगो नरहन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.