logo

अध्ययन अध्यापनमा गुणस्तरहिनतामा मोलाहिजा गरिदैनः महानगर प्रमुख सरावगी

      12/5/2018 गते 00 00 मा प्रकाशित     815   पटक पढिएको

वीरगन्ज,मंसीर १९
सामुदायीक विद्यालयहरुवाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरियतामा जोडदिनुपर्ने  धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् । महानगरपालिकाले आयोजना गरेको गुणस्तरीय र व्यवसायिक शिक्षाको सवलिकरण बिषयमा वडाध्यक्ष एवं प्राधानाध्यापकहरुको सम्मेलनमा जनप्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

 

विद्यालयहरुबाट प्रदान भइरहेको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालय पहुच बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयमा भित्र्याउन  अभियाननै चलाउनु पर्नेमा वडाअध्यक्षहरुले  जोड दिएका छन । 


सम्मेलनलाई सम्बोधन गर्दै महानगरप्रमुख विजय कुमार सरावगीले अध्ययन अध्यापन वालिवालिकाको भविष्यसंग सम्बन्धित भएकोले यसको गुणस्तरहिनता भएमा कुनै प्रकारको मोलाहिजा नगरिने बताए ।

 

उनले कुनैप्रकारको दलगत वा राजनीतिक क्रियाकलाप विद्यालयमा नगर्न सुझाव दिदै तीन पटकसम्ममा पनि विद्यालय व्यवस्थापन समिति गठन नभए महानगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधि वा कार्यपालिकालेनै व्यवस्थापन समिति मनोनयन गरेर पठाउने कानुननै पासगर्ने योजनामा रहको जानकारी गराए  ।


कर्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले विद्यालयहरुमा वालवालिकाहरुको लागि सुरुहुन गइरहेको  खाजा कार्यक्रमलाइ राम्रोसंग व्यवस्थापन गर्दै विद्यालयलाई वाल मैत्री बनाउन सुझाव दिए । उनले शिक्षकलाई   समाजले गुरुको दर्जादिएको बताउदै वालवालिकाहरुलाई  उच्चस्तरीय शिक्षा प्रदान गर्नु गरुको नैतीक धर्म समेत भएको बताए ।  


   विद्यालयमा छिटै लागुहुन गइरहेको खाजा कार्यक्रमको व्यवस्थापनको बारेमो संघीय सरकारको शिक्षा मन्त्रालयले निर्धारण गरेको कार्यविद्यिको बारेमा महानगरपालिकाका शिक्ष तथा स्वास्थ्य महाशाखाका प्रमुख उपसचिव अरविन्दलाल कर्णले जानकारी गराएका थिए ।

 

कार्यक्रममा विद्यालयमा रहेका विभिन्न समस्याहरुका बारेमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले जानकारी गराएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.