logo

जिराभवानीमा १३२५ सम्बन्धी तालिम सम्पन्न,महिला वालवालिकाको हितमा काम गरिने

      10/30/2018 गते 00 00 मा प्रकाशित     966   पटक पढिएको

सेढवा १३ कार्तिक
सामाजिक बिकास समन्वय समितिको आयोजना तथा युएनडिपीको सहयोगमा जिराभवानी गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पारित १३२५ का बिषयमा एक दिने तालिम सम्पन्न भएको छ । 


जिराभवानी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय महिला अगुवाहरुको सहभागिता रहेको सो तालिमको प्रदेश सभाका सदस्य  एवं नेपाली कांग्रेसका नेता शंकर चौधरीले उद्धघाटन गरेका थिए । 


नेता चौधरीले महिलाको बिकासले मात्र समाजको बिकास हुने कुरामा जोड दिए ।उनले समाजलाई छोरी मैत्री हुन समेत आग्ह गरे । बाबु आमाको सेवामा छोरा घन्दा छोरी छिटो पुग्ने गरेको चर्चा गर्दै बिज्ञानको प्रयोग गरेर छोरीलाई जन्मिन नदिने जुन प्रवृति हावी भएको छ त्यसलाई रोक्नु पर्नेमा जोड दिए ।

 

उनले महिलालाई अधिकार सम्पन्न बनाउनकालागि आफनो तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता जनाए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको प्रस्ताव नं १३२५ र १८२० का बारेमा सहभागिलाई प्रशिक्षण दिएका थिए ।

 

उनले प्रस्तावको बारेमा चर्चा गर्दै महिला तथा वालवालिकाको शान्ति र सुरक्षाका लागि प्रस्ताव लागु गर्नु पर्ने बाध्यता रहेको बताए ।

 

द्वण्द्व र त्यस पछिको शान्ति निर्माणको प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता  भएमा शन्ति प्रक्रियाले दीगो शान्ति हासिल गर्न सक्ने अवस्था प्रस्तावहरुले अपेक्षा गरेको उनले बताए ।

 

दुबै प्रस्तावलाई कार्यान्वयन गर्नकालागि राज्यपक्ष बाध्यकारी भएको उनले बताए । प्रस्तावले महिला तथा वालवालिकाको सुरक्षा,सहभागिता,प्रर्वद्धन ,राहत पूर्नप्राप्ती र अनुगमन मूल्याकंन तथा स्रोत ब्यवास्थापनका बिषयमा  निर्दिष्ट गरेको लामिछानेले बताए । 

 


कार्यक्रममा जिरा भवानी गाउँपालिका उपाध्यक्ष उषा चौधरी वडा ं १ का अध्यक्ष नुमान शेख,२ का महादेव महतो,३ उमेश महतो थारु ४ का सुभाष राउत थारु र ५ का दारा सिंह गाउँकार्यपालिकाका सदस्य अर्मिला पासवान श्रीकान्ती चौधरी लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।  

 


गाउँपलिकाका अध्यक्ष राप्रित महतोको अध्यक्षतमा भएको कार्यक्रममा उनले महिला र वालवालिकाको हितका लागि गाउँपालिकाले आवश्यक नीति निर्माण तथा स्रोत परिचालन गर्ने प्रतिवद्धता जनाए । 
कार्यक्रमको उद्धेश्यका बारेमा संस्थाका जय नारायण चौधरीले प्रकाश पारेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.