logo

समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु प्रदेशमा हेल्लो सिएम एप सार्वजनीक

      10/28/2018 गते 00 00 मा प्रकाशित     1114   पटक पढिएको

जनकपुर ११ कार्तिक । 
प्रदेश २ मा एक बिशेष समारोहकावीच मुख्यमंत्री लालबाबु राउतले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्धघाटन गरेका छन । गृहमंत्रालयको पहलमा यो कार्यक्रम देशब्यापी रुपमा आज एकै पटक उृद्धघाटन गरिएको हो ।

 

बिकास र सुरक्षाको अवधारणलाई ब्यवहारमा उतार्नकालागि समुदाय र प्रहरीको साझेदारीलाई अगाडि सारिएको हो । प्रदेश नं २ मा जनकपुरमा यो कार्यक्रमको मुख्यमंत्री राउतले उद्धघाटन गरेका हुन । यही कार्यक्रममा मुख्यमंत्री राउतले प्रदेश सरकारले अपराध न्यूनीकरणकालागि ल्याएको “हेल्लो सिएम” नामक एप पनि सार्वजनीक गरेका छन । 


कार्यक्रममा  मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न “हेल्लो सिएम” एप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने बताए ।

 

हेल्लो सिएम एपमा आफुसँग भएका घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सकेपछि सिएम एपलाई अन गरेर आफनो मोबाइल तीनपटक हलाएपछि मात्रै नजिकको प्रहरी  कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए ।


यसैवीच पर्सा जिल्लामा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमको पर्सा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीले उद्धघाटन गरेका छन ।“ हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” यो अभियानको मुख्य नारा रहेको छ ।

नागरिक केन्द्रीत स्वच्छ र ब्यवसायिक प्रहरीको बिकासकालागि यो अभियान चलाईएको बताइएको छ । यो कार्यक्रमको जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा समिति रहने छ ।

 

त्यसै गरि पालिका स्तरमा अध्यक्षको अध्यक्षतामा र वडा र टोल अनी बिद्यालय स्तरमा सम्पर्क समितिको रुपमा रहने छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले अपराध न्यूनीकरण गर्नमा बिना वर्दीको प्रहरीको रुपमा रहेको नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिकले पनि गलत गर्नेलाई प्रोत्साहन दिन नहुने र प्रहरीले गलत गरेमा नागरिकले सहयोग गर्न नपर्ने कुरामा ध्यान दिन आग्रह गरे । 


समुदाय प्रहरी साझेदारी अभियानको बिषयमा पर्साका प्रहरी प्रमुख रेवती ढकालले प्रकाश पारेका थिए । स्थानीय तहको तर्फबाट छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आफनो प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको संचालन डिएसपी मान वहादुर राईले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.