logo

महानगर प्रमुख धरौटीमा छुटे लगत्तै जिल्ला प्रमुख समातिए

      10/11/2018 गते 00 00 मा प्रकाशित     994   पटक पढिएको

बीरगंज २५ असोज । 
पर्साका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख  उपसचिव लालबाबु साह पक्राउ परेका छन । उनी ४० हजार घुस रकम सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले जनाएको छ ।

 

 उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले बीरगंजको चीनीमिल आवास क्षेत्रमा रहेको क्वार्टर बाट रकम सहित पक्राउ गरेको हो ।
जगरनाथपुर गाउपालिका अन्र्तगत वडा नं ३ बिजवनीयमा रहेको  श्री नेपाल राष्ट्रीय निम्न माध्यामिक बिद्यालयको बैक खाता फूकूवा गर्न साहले घुस लिएका हुन । बिद्यालयको भवन निर्माणकोलागि बैकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फूकूवा भने कार्यालयले दिएको थिएन ।

 


 सोही रकम फूकूवा गराउन प्रमुख साहले बिद्यालय निर्माण समितिका पदाधिकारी मार्फत ४० हजार रकम घुस लिदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साह लाई अख्तियारको टोलीले पक्राउ गरेको हो उनलाई टोलीले हेटौडा लगेको छ । उनलाई शुक्रवार अख्तियारको मुख्यायलय टंगालमा बुझाइने छ ।

 

यस अघि २१ दिन अगाडि असोज ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाको टोलीले बीरगंज महानगरका शिक्षा शाखाका प्रमुख मन्जुर आलम सहित तीन जालाई पक्राउ गरेको थियो । 


मन्जुर आलम सहित सहायक प्राविधिक शशीभूषण साह  र उनका भान्जा अरुण कुमार साहलाई रंगेहात पक्राउ गरेको एक लाख रुपैया सहित पक्रेको थियो । एउटा बिद्यालयलाई १ देखी ५ सम्मको अनुमति दिने भन्दै १ लाख घुस लिएका थिए । मन्जुर आलम र साह बिशेष अदालत काठमाण्डौबाट धरौटीमा रिहा भएका भएका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.