logo

रातो बंगला दुर्घटनाका पीडितको उपचारकोलागि महानगरले  २ दुई लाख दियो

      10/10/2018 गते 00 00 मा प्रकाशित     1297   पटक पढिएको

वीरगञ्ज, २३ असोज । 
 वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९ स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर घाइते  बालिकाको  उपचारको लागी बीरगंज महानगरपालिकाले २ लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।

 

महानगरले वि एन्ड वि अस्पताल काठमान्डौको खातामा २लाख रुपैया जम्मा गराएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले बताए ।वीरगञ्ज रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी  १० बर्षिय छोरी अनुष्का चौधरीको उपचारको लागि २लाख रुपैया मगंलबार जम्मा गराइएको हो ।

 

सोमबार  सांझ घटनापछि घाइते बालवालिकाहरुको उपच्चारको लागी नरायणी उपक्षेत्रीय  र हेल्थकेयर अस्पताल गन्डगमा पुगेर उपचारको  सबै व्यवस्थापन महानगरले गरेको नगर प्रमुख सरावगीले बताए ।बालिका अनुष्काको खुट्टाको अवस्था गम्भिर भएकोले परिवारको सल्लाहमा बिएन्डबि अस्पताल काठमान्डौ पठाएको बताउदै उपचारमा कुनै प्रकारको  कमिहुन नदिने नगर प्रमुख सरावगीको भनाइ समेत रहेको छ ।


सोही घटनामा परि  मृत्यु भएका बालकको परिवारलाई महानगरपालिकाले १लाख रुपैया राहत सहयोग प्रदान गरेको छ । सहयोग रकम पर्साका प्रमुख जिल्ला अधिकार लोकनाथ पौडेल महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूषाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल मृतक ७बर्षिय रोहित चौधरीको घरमै पुगी राहत सहयोग प्रदान गरेका हुन ।

 

मंगलबार दिउसो जिराभवानी गाउपालिका वार्ड नम्बर १ स्थित महादेवपट्टी गाउमा  पुगेर मृतक बालकका बुवा बाल मुकुन्द राउतलाई रु १लाखको चेक हस्तान्तरण गरिएको हो ।मृतकका परिवारलाई महानगरपालिकाले अहिले राहत सहयोग मात्र प्रदान गरेको बताउदै प्रमुख प्रशासकिय अधिकृत डा भूषालले घटनाको छानविन गरि  सम्बन्धित निकायबाट अबिलम्ब छतिपुर्ति दिलाउने प्रतिवद्धता समेत व्यक्त गरे  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.