logo

खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी 

      10/6/2018 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

रंगपुर २० असोज ।खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भिर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले वताए ।

 

पर्साको पर्टेवा गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश न.२ जनकपुरद्धारा जनप्रतिनिधि र मानव अधिकार निगरानी समुहका सदस्यहरुका लागि आयोजित क्षमता अभिबृद्धि तथा अभिमुखीकरण सम्बन्धी दुईदिने तालिममा अध्यक्ष चौधरीले सो वताएका हुन । 


अभिमुखिकरण तालिमको उद्घाटन सत्रका प्रमुख अतिथी समेत रहेका चौधरीले यस गाउँपालिकामा शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा देखिएको समस्याहरुलाई निराकरण गर्नका लागि मानव अधिकार निगरानी समुहको भुमिका महत्वपूर्ण रहने वताए । जनप्रतिनिधि नआएको समयमा मानव अधिकार निगरानी समुहले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्र गरेको विभिन्न क्रियाकलापकाले पारेका प्रभावका कारण सो क्षेत्रमा सुधार आएको उनको भनाई छ । 


दुईदिने अभिमुखिकरण तालिममा इन्सेक अभियान,मानव अधिकार अवधारणा,विकास,विकासको सैद्धान्तिक अवधारणा,स्थानीय स्तरमा देखिएका शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको समस्या अवस्था विश्लेषण,नेपालको संविधान र मौलिक हक र आर्थिक सामाजिक आर्थिक तथा सांस्कृतिक अधिकार र जनताको पहुँचको विषयमा प्रशिक्षण हुने इन्सेक प्रदेश न.२ जनकपुर कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले वताए ।

 

दुईदिने अभिमुखिकरण तालिममा इन्सेक प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवान,कार्यक्रम फोकल पर्सन जागेश्वर यादव,पर्सा जिल्ला प्रतिनिधि केसी लामिछाने र पर्टेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरीले सहजिकरण गर्ने फोकल पर्सन यादवले बताए । 


मानव अधिकार निगरानी समुह गादीका अध्यक्ष एवं वार्ड अध्यक्ष बिजग गैरेको अध्यक्षतामा भएको कार्यक्रममा दुवै वडाका जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

 


कार्यक्रममा मानव अधिकार निगरानी समुहले गरेका कामका कारण आएको परिर्वतनका बिषयमा अन्तरक्रिया समेत भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.