logo

वीरगञ्ज बहसः महानगर अब गन्हाउँदैन

      10/4/2018 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

१८ असोज, काठमाडौं । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज अहिले नेपालको मूल प्रवेशद्वार मानिन्छ । देशकै मुख्य भन्सार कार्यालय रहेको वीरगञ्ज गत वर्ष मात्रै महानगरपालिकामा अपग्रेड भएको छ । यो काठमाडौंपछिको दोस्रो नगरपालिका हो । वि.सं २०१० सालमा स्थापना भएको वीरगञ्ज नगरपालिका उपमहानगर हुँदै महानगरपालिका बनेको छ ।

अहिले वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् भीष्मकुमार भुसाल । उनले महानगरको प्रशासकीय नेतृत्व लिएको चार महिना मात्र भयो । यहाँ आएपछि उनले महानगरपालिकालाई सोचेजस्तो पाएनन् । ६५ वर्षमा पनि वीरगञ्जले आफूलाई बलियोसँग उभ्याउन नसकेको उनको निस्कर्ष छ । यद्यपि, भविश्यप्रति आशावादी छन् । प्रशासकीय अधिकृत भुसालले वीरगञ्जको विविध पाटाहरुको बारेमा अनलाइनखबरसँग आफ्नो धारणा यसरी राखे :

वीरगञ्ज आफैंमा इतिहास बोकेको शहर हो । तर, यसको वर्तमान उति कर्णप्रिय छैन ।

नगरपालिका बनेको ६५ वर्षमा वीरगञ्जले देशलाई धेरै दियो, तर यसको बदलामा के पायो त ? छुद्र शब्दमा भन्ने हो वीरगञ्जमा धेरै मान्छे लिन मात्रै आए जस्तो लाग्छ, दिन कोही आएनन् । अन्यथा वीरगञ्ज आज अर्कै रुपमा हुनुपर्ने थियो ।

वीरगञ्जमा अहिले पनि एउटा महानगरमा हुनुपर्ने आवश्यक पूर्वाधारहरु छैनन् । महानगर बनाउने क्रममा हालै गाभिएका ग्रामीण क्षेत्रको अवस्था त निकै दयनीय छ । झण्डै ११ वटा वडामा अझै पनि ग्राभेल भएका सडकसम्म छैनन् । पीच सडक भएका वडा सीमित मात्रै छन् ।

यो शहरले पूर्वाधारमा काठमाडौंलाई पछ्याउनुपर्ने हो । भौगोलिक हिसावले सहज रहेकाले धेरै विकासका सम्भावनाहरु यसले बोकेको छ । तर, अझै पनि विकासको गति अपेक्षाकृत छैन ।

महानगरपालिकाले विगत ६५ वर्षमा आफ्नो सम्भावनालाई केलाएर हेर्न पनि सकेन । जनचेतनाको अझै अभाव छ । यातायात अस्तव्यस्त छ । यहाँ भएका आधा सार्वजनिक जग्गा पनि भू-माफियाको पोल्टामा पुगिसकेछ । पुरानो औद्योगिक विरासत धानेका चिनी मिल, जुद्ध म्याच फ्याक्ट्री लगायतका उद्योग खण्डहर बनेका छन् । महानगरलाई सुधार गर्न न राजनीतिक नेतृत्वबाट उल्लेख्य पहल भएको देखियो, न कर्मचारीतन्त्रबाट ।

स्रोत-साधनको उपलब्धता र सम्भावनाका आधारमा हेर्दा त यहाँ कसैले केही दिनुपर्ने जस्तो नै लाग्दैन । तर, पनि यसलाई सदुपयोग गर्ने वातावरण चाहिएको छ । वर्षौंदेखि थुपि्रएका समस्याका चाङ छन् । एकैपटक समाधान गरिहाल्न गाह्रो छ । यहाँ भौतिक समस्या मात्रै छैन, मानवीय कारण उत्पन्न फोहोर प्रदुषण लगायतका धेरै समस्या पनि ब्याप्त छन् । जसलाई महानगरले एक चुट्कीमा समाधान गर्न सक्ने अवस्था छैन । यद्यपि, प्रयास भइरहेको छ र केही परिणाम देखिन थालेका छन् ।

वीरगञ्जलाई व्यवस्थित,

समुन्नत र समृद्ध बनाउन सर्वप्रथम

कर्मचारीबाट नै शुद्धीकरण थाल्नुपर्छ

वीरगञ्जले लामो समय अस्थिरता भोग्यो । त्यसका कारण सधैं कमजोर व्यवस्थापनको शिकार भयो । यसको अपजस राजनीतिक नेतृत्वलाई मात्रै दिन पनि मिल्दैन । हामीमा पनि समस्या छ ।

अहिले सकेसम्म केन्द्रबाट कर्मचारी वीरगञ्ज आउन चाहँदैनन् । समग्रमा प्रदेश २ मै छिर्न चाहँदैनन् । मलाई पनि कौतहुल थियो । मन्त्रीज्युले वीरगञ्जमा तपाईंलाई पठाउन लागेँ भन्नु भएपछि कसरी काम गर्न सकिएला भन्ने लाग्यो ।

वीरगञ्जमा नियम-कानुन मान्ने मान्छे नै छैनन् भन्ने हौवा छ । हो, यहाँ केही बेथिति छन् । सँगसँगै केही गरौं न भन्दा साथ दिने जमात पनि छ ।

स्थानीय चुनावपछि देशभर जनप्रतिनिधिमा हामी सर्वेसर्वा हौं भन्ने मानसिकता देखियो । त्यो प्रदेश २ मा बढी छ भन्ने सुनिन्थ्यो, तर वीरगञ्जमा त्यस्तो छैन । पक्कै पनि केही जनप्रतिनिधिमा समस्या होला, तर यहाँ आउने कर्मचारीको पनि वीरगञ्ज बिगार्न कम भूमिका छ जस्तो मलाई लाग्दैन ।

वीरगञ्जलाई व्यवस्थित, समुन्नत र समृद्ध बनाउन सर्वप्रथम कर्मचारीबाट नै शुद्धीकरण थाल्नुपर्छ । नत्र महानगरले विकासको गति लिन सक्दैन । कर्मचारीले भित्रबाट आफूलाई सुधारेपछि सरकारी कार्यालयबाट महानगरका दैलो-दैलोमा सुधारका अभियानहरु चलाउन सकिन्छ ।

म आउँदा महानगरको कार्यालय पछाडिपट्टि आधा भाग कवाड सामान थुपारिएको थियो । कार्यालयभित्र छिर्दा ह्वास्स गन्हाउँथ्यो । तारहरु लत्रिएका, पान खाएर भित्ताभरि थुकिएका हुन्थे । कर्मचारी बेलामा कार्यालय आउँथेनन् । कोही रगडिएर काम गर्ने तर, कोही भने फुर्सदमा, मन लागेका बेला आउने र जाने गर्थे ।

कार्यालयमा जति बेला पनि सेवाग्राहीको कोकोहोलो हुने । नगरका कर्मचारीबाट कुनै ‘रेस्पोन्स’ थिएन । एउटा सिस्टम र सफ्टवेयर बिग्रिएर काम भएन भने ‘यो कारणले समस्या भयो’ भनिदिने र सञ्चार गर्ने मान्छे पनि थिएनन् ।

महत्वपूर्ण कुरा त सबैतिर विश्वासको संकट थियो । महानगरपालिकालाई केही सामान सप्लाई दिनुपर्‍यो भने कोही पनि सानो बिल लिएर आउँदैन थिए । महानगरले गर्नुपर्ने भुक्तानीको दायित्व २६ करोड नाघेको थियो । थुप्रै वर्षदेखि बिल भुक्तानी नगरी राखिएको थियो ।

पैसा २-३ वर्षपछि आउने हो भने मानसिकताले उसले बिलिङ पनि त्यसै गरी गर्ने रहेछ । त्यसले गर्दा सार्वजनिक खरिद अस्वाभाविक देखियो । म आएको करिब डेढ महिनाभित्रै २०६८ देखिका भुक्तानीको रकम क्लियर गर्दै गयौं ।  यो अव्यवस्थाको चक्र बल्लतल्ल तोडिएको छ । महानगरले आफ्नो भुक्तानी दायित्व ९९.९९ प्रतिशत क्लियर गरेको छ । बल्ल महानगरमा चाहिएको सामान स्वभाविक मूल्यमा आपूर्ति हुन थालेको छ ।

हिजो त्यही मान्छेले गर्ने बिलिङ र अहिले उसैले गर्ने बिलिङमा आकाश धर्तीको फरक छ । २ हप्तामै भुक्तानी पाइन्छ भन्ने लागेपछि आपूर्ति गर्नेले स्वाभाविक बिलिङ गर्न थाले । मैले सुधारको सुरुवात यस्तै स-साना कामबाट गरेँ ।

वीरगञ्जमा अहिले सडकको समस्या ब्याप्त छ । सबै सडकको समस्या समाधान गर्ने जिम्मवारी हाम्रो मात्रै होइन । बढी समस्या भएका सडक प्रायः राष्ट्रिय राजमार्ग हुन् । राष्ट्रिय राजमार्ग हाम्रो क्षेत्राधिकारभित्र पर्दैन ।

वीरगञ्ज प्रवेश गर्दा मितेरी पुलदेखि नै राजमार्ग क्षेत्रको सडकको अवस्था जीर्ण छ । बाहिरबाट आउनेहरुले देख्ने तिनै सडक हुन् । भित्री सडकहरु ३-४ वर्षदेखि एडीबीको सहयोगमा परिचालित आयोजनाबाट नालासहित सुधार गरिँदैछ ।

वीरगञ्जले देशलाई धेरैथोक दिएको छ ।

देशको भन्सार राजश्वको ५६ प्रतिशत हिस्सा वीरगञ्जको नाकाबाट उठ्छ,

तर केन्द्रबाट यहाँ आधा अर्ब मात्रै विनियोजन भएको छ

सडकमा गाडी नै चलाउन नसकिने अवस्था आएपछि महानगरले पटक-पटक डिभिजन सडक कार्यालयलाई सुधारका लागि आग्रह पनि गर्‍यो । भारतीय सीमा रहेको मितेरी पुलको सडक खण्डहर बनेपछि राष्ट्रिय लज्ज्ााको विषय नहोस् भनेर महानगरपालिका आफैंले गिट्टी हालेर बाटो सम्याएका छौं । शंकराचार्य गेटको मर्मत पनि महानगरले गरिरहेको छ ।

यो वर्ष महानगरभित्र ५२ किलोमिटर सडक शहरी विकास मन्त्रालयको बजेटबाट पिच गर्दैछौं । भित्री सडकमा एडीबीको सहयोगमा ढल बिछ्याउने र सडक पिच गर्ने काम भइरहेको छ । ढलको ट्रिटमेन्ट प्लान्ट निर्माण पनि गरिँदैछ ।

सिर्सिया करिडोरमा वृक्षारोपण गर्दै भुसाल

ल्यान्डफिल्ड साइट निर्माणाधीन छ । मंसिरसम्ममा सकिनुपर्ने हो । तर, पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएकाले शंकै छ । अब यी सबै काम भएपछि वीरगञ्ज निकै सफा बन्छ ।

प्राइमरी फोहोर संकलनको कामका लागि सार्वजनिक निजी साझेदारीमा जान आशयपत्र आह्वान गरेका छौं । फोहोर प्रशोधनमा नमूना प्लान्ट नै बनाउँदैछौं । हाल भने प्रत्येक वडालाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको छ । सफाइ कर्मचारी पनि वडा मातहतमा राखिएको छ ।

वीरगञ्जले देशलाई धेरैथोक दिएको छ । देशको भन्सार राजश्वको ५६ प्रतिशत हिस्सा वीरगञ्जको नाकाबाट उठ्छ, तर केन्द्रबाट यहाँ आधा अर्ब मात्रै विनियोजन भएको छ । अब वीरगञ्जलाई पनि केही चाहिएको छ । यहाँ आउने कर्मचारी साथीहरुलाई सकारात्मक सोचले आउन म आग्रह गर्छु ।

देशभरको आपूर्ति व्यवस्थाका लागि यहाँबाट गाडीहरु जान्छन् । प्रदुषण सबै यही आउँछ, सडक जीर्ण यहीँकै हुन्छ । जुन कष्ट वीरगञ्जले बेहोरिरहेको छ, त्यसको तुलनामा क्षतिपूर्ति कम छ ।

भर्खरै महानगरभित्र समेटिएका ग्रामीण वडाहरुसम्म जाने सडक जीर्ण छन् । गाउँ जोड्न पुलहरु बनाउनु पर्नेछ । यसका लागि सरकारले वीरगञ्जमा विशेष कार्यक्रम ल्याउनुपर्छ र उल्लेख्य बजेट छुट्याउनुपर्छ । हामी विस्तारै आन्तरिक आय बढाउने योजनामा काम त गर्दैछौं, तर केही समय लाग्छ ।

अरु वडामा त वीरगञ्जले म्यानेज गर्छ, तर एउटा पुल बनाउन १०-१२ करोड लाग्छ । आउटर करिडोरका लागि वीरगञ्जलाई ठूलो लगानी जरुरी छ ।

अन्य काममा हामी निजी क्षेत्र पनि ल्याउँछौं, तर भित्री सडक, पुल र चक्रपथ बनाउन तथा सिर्सिया कोरिडोरका लागि लगानी ल्याउन आन्तरिक आम्दानीले पुग्दैन । यसमा केन्द्रीय सरकारको लगानी चाहिन्छ । कम्तिमा २-३ वर्ष सरकारले वीरगञ्जलाई विशेष महत्व दिनुपर्छ । यहाँका जनतालाई महानगरवासी हुनुको गौरव दिलाउनुपर्छ ।संभारः अनलाइनखबर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.