logo

क्याम्पस प्रमुख, राजनीतिक आग्रहपूर्ण काम सच्याउः प्राध्यापक संगठन

      8/24/2018 गते 00 00 मा प्रकाशित     1305   पटक पढिएको

वीरगञ्ज ८ भदौ  ।

नेपाल प्रगतीशिल प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा  गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आफनो चासो ब्यक्त गरेको छ । क्याम्पसले समाजशास्त्र बिभागका बिभागाध्यक्ष उप प्राध्यापक बीरेन्द्र शाहलाई जिम्मेवारीमुक्त गरेकोमा घोर आपत्ती जनाएको छ ।

क्याम्पस प्रशासनले बिभागाध्यक्ष जिम्मेवारी मुक्त मात्र गरेन समाजशास्त्र बिभागको अध्यक्षमा राजनीति शास्त्रका प्राध्यापकलाई नियुक्त गरेर प्राज्ञिक वतावरण धमिल्याउने काम गरेका छन । 

 

संगठनका सचिव इन्द्र भट्टराईले जारी गरेको बिज्ञप्तिमा क्याम्पस प्रमुखको यो काम राजनीतिकरणको पराकाष्टा भएको उल्लेख छ । क्याम्पस प्रमुखले 
त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम, २०५० (२०७३÷०९÷२० गतेसम्म संशोधनहरु समावेश)सहितको बर्खिलाप हुने गरि समाजशास्त्र बिभागका अध्यक्षलाई जिम्मेवारीबाट मुक्त गरेको भन्दै  यो गैरकानूनी हरकत सच्याउन मांग गरेको छ । 

बिश्वबिद्यालयको प्रशासन सम्बन्धी  नियम (२) उपनियम (१) बमोजिमको विभागको अध्यक्षमा आङ्गिक क्याम्पस वा विभागका वरिष्ठ शिक्षकहरुमध्येबाट एकजनालाई अध्यक्षमा र सम्बन्धित शिक्षकहरु सदस्य हुनेछन्, भन्ने ब्यवस्थाको खिलापमा क्याम्पस प्रशासनले राजनीतिक शास्त्रका ब्यक्तिलाई बभिागको जिममेवारी दिएको छ ।

 

क्याम्पस प्रशासनको यो राजनीतिक पूर्वाग्रहपूर्ण कदमले समाजशास्त्रको शोधपत्रको तयारीमा रहेका बिद्यार्थीहरुमा समेत अन्यौल बढेको छ ।  


      संगठनले उप प्राध्यापक शाहलाई बिभागीय प्रमुखबाट हटाउनु पर्नाको कारण मांग समेत गरेको छ । संगठनले क्याम्पस प्रमुखको यो कदमको बिरुद्ध राजनीतिक सांगठानीक  र कानूनी रुपमा लडाई लडने र यो कदम सच्याउन बाध्य पार्ने दृढता ब्यक्त गरेको छ । 
      
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.