logo

क्याम्पस प्रमुख, राजनीतिक आग्रहपूर्ण काम सच्याउः प्राध्यापक संगठन

      8/24/2018 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

वीरगञ्ज ८ भदौ  ।

नेपाल प्रगतीशिल प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा  गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आफनो चासो ब्यक्त गरेको छ । क्याम्पसले समाजशास्त्र बिभागका बिभागाध्यक्ष उप प्राध्यापक बीरेन्द्र शाहलाई जिम्मेवारीमुक्त गरेकोमा घोर आपत्ती जनाएको छ ।

क्याम्पस प्रशासनले बिभागाध्यक्ष जिम्मेवारी मुक्त मात्र गरेन समाजशास्त्र बिभागको अध्यक्षमा राजनीति शास्त्रका प्राध्यापकलाई नियुक्त गरेर प्राज्ञिक वतावरण धमिल्याउने काम गरेका छन । 

 

संगठनका सचिव इन्द्र भट्टराईले जारी गरेको बिज्ञप्तिमा क्याम्पस प्रमुखको यो काम राजनीतिकरणको पराकाष्टा भएको उल्लेख छ । क्याम्पस प्रमुखले 
त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम, २०५० (२०७३÷०९÷२० गतेसम्म संशोधनहरु समावेश)सहितको बर्खिलाप हुने गरि समाजशास्त्र बिभागका अध्यक्षलाई जिम्मेवारीबाट मुक्त गरेको भन्दै  यो गैरकानूनी हरकत सच्याउन मांग गरेको छ । 

बिश्वबिद्यालयको प्रशासन सम्बन्धी  नियम (२) उपनियम (१) बमोजिमको विभागको अध्यक्षमा आङ्गिक क्याम्पस वा विभागका वरिष्ठ शिक्षकहरुमध्येबाट एकजनालाई अध्यक्षमा र सम्बन्धित शिक्षकहरु सदस्य हुनेछन्, भन्ने ब्यवस्थाको खिलापमा क्याम्पस प्रशासनले राजनीतिक शास्त्रका ब्यक्तिलाई बभिागको जिममेवारी दिएको छ ।

 

क्याम्पस प्रशासनको यो राजनीतिक पूर्वाग्रहपूर्ण कदमले समाजशास्त्रको शोधपत्रको तयारीमा रहेका बिद्यार्थीहरुमा समेत अन्यौल बढेको छ ।  


      संगठनले उप प्राध्यापक शाहलाई बिभागीय प्रमुखबाट हटाउनु पर्नाको कारण मांग समेत गरेको छ । संगठनले क्याम्पस प्रमुखको यो कदमको बिरुद्ध राजनीतिक सांगठानीक  र कानूनी रुपमा लडाई लडने र यो कदम सच्याउन बाध्य पार्ने दृढता ब्यक्त गरेको छ । 
      
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.