logo

‘मधेसमा माक्र्सवाद’ विषयको प्रादेशिक गोष्ठी ऐतिहासिक रुपमा सम्पन्न  अन्तरविरोध, नवउदारवाद र वर्गीय चेतना नहुनु साम्यवादको चुनौती 

      8/23/2018 गते 00 00 मा प्रकाशित     913   पटक पढिएको

वीरगन्ज, ७ भदौ । साम्यवादी बिचारका प्रवर्तक कार्लमाक्सको द्विशतवार्षिकीको अवसरमा बीरगंजमा ‘मधेशमा माक्र्सवाद’ बिषयक गोष्ठी सम्पन्न भएको छ । प्रदेश नम्बर २ को प्रदेश स्तरीय गोष्ठीमा सहभागी नेता तथा कार्यकर्ताहरुबीच माक्र्सवादको विषयमा व्यापक विचार विमर्श भएको छ । खास गरी मधेसको प्रदेश नम्बर २ का ८ जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको गोष्ठीमा मधेसमा देखिएको सामाजिक तथा राजनीतिक समस्या र समाधानको उपायको बारेमा नेकपाका नेता रामचन्द्र झाले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै झाले मधेसमा अहिले कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा मात्रै रहेको र जब सम्म वर्गीय आन्दोलन र वर्गीय चेतना तथा वर्गीय घृणाको चेतनालाई उठाउन सकिदैन, तब सम्म मधेसमा समाजवाद चुनौती रहेको बताए । उनले जातिवादले मधेसमा वर्गीय आन्दोलनलाई चुनौती दिएकोले वर्गको घेरा तोडेर जातको उम्मेदवारलाई भोट दिने प्रवृत्तिले मधेसमा वर्गीय आन्दोलन सफल हुन नसकेको बताए ।

त्यस्तै कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले आधारभूत रुपले माक्र्सवादमा टेकेर आजको एक्काईसौं शताब्दीका चुनौति र सम्भावनाका नयाँ उचाईबाट नयाँ दिशा र बाटो बनाउनुपर्ने जिम्मेवारी रहेको बताए । आज फेरी आफ्नो औचित्यलाई पर्नपुष्टि गनुपर्ने ठाउँमा नेपालको कम्युनिष्ट पार्टी उभिएको बताए ।

इतिहासमा केही कमी कमजोरी भएपनि कम्युनिष्टको प्रवृत्ति भने गौरमपूर्ण रहेको उनको भनाई थियो । नागरिकहरुले आफ्ना अधिकार स्थापित गर्न जोड गर्ने तर राज्यले त्यो पूरा गर्न नसक्ने अवस्थामा उत्पन्न हुने तनावले नेपालका भावी दिन सबैभन्दा प्रभावित हुने र यसले हाम्रो लोकतान्त्रिक स्थिरतामा बाधा पु¥याईरहने साथै राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने खतरा रहेको बताए ।

यो अन्तरविरोध नै नेपाली क्रान्तिले समाधान गर्न नसक्ने प्रमुख चुनौती मानेको छ । कार्यक्रमको सभापतित्व गर्नुभएका नेकपाका नेता उमेश यादवले विषय प्रवेश गराउँदै पार्टी भित्रै पनि जातिवाद तथा शैक्षिक माफिया, मेडिकल माफियाहरुको बर्चस्व रहेकोले वर्गी समाज अगाडि आउन नकसकेको बताउनुभयो । उहाँले नवउदारवादले समाजवादको बाटोमा जान नसकिने बताउनुभयो । दोश्रो दिनको कार्यक्रममा घनश्याम भुषाल, रामचन्द्र झाले आफ्ना कार्यपत्र प्रस्तुत गरेपछि सहभागिहरुसँगको सवाल जवाफ पछि गोष्ठीको समापन भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.