logo

क्याम्पस प्रमुखलाई परिवर्तन गर्न माँग गर्दै कुलपती समक्ष बिद्यार्थीको ज्ञापन

      8/20/2018 गते 00 00 मा प्रकाशित     1383   पटक पढिएको

बीरगंज ४ भदौ ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभूवन बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओली समक्ष बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन । 


दुबै संगठनले क्याम्पस प्रमुखले आफूहरुसंग गरेको सहमती लागू नगरेको र क्याम्पसको प्राज्ञीक वतावरण बिग्रेको र त्यसलाई सुुधार गर्नकालागि त्रिभूवन बिश्वबिद्यालयका पदाधिकारीहरुले समेत पहल नगरेपछि  प्रधानमंत्रीलाई ज्ञापन बुझाउन परेको उल्लेख गरेका छन । 


उनीहरुले बुझाएको ज्ञापन पत्रमा क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको  आरोप लगाएका छन । बिद्यार्थीहरुले वर्तमान क्याम्पस प्रमुख परिर्वतन गरि क्याम्पसलाई बचाउन उनीहरुले माँग गरेका छन । 


डेढ वर्षको यो अवधिमा बर्तमान क्याम्पस प्रमुखले कार्यभार सम्हालेपछि क्याम्पसको शैक्षिक, प्रशासनिक, परीक्षा तथा आर्थिक अवस्था दिनानुदिन खस्किदै गएको आरोप लगाउदै क्याम्पस प्रमुखको  एकमात्र लक्ष्य आर्थिक लाभ कहाँ र कसरी हुने त्यसमै केन्द्रीत हुने गरेको उल्लेख गरेका छन । ज्ञापन पत्रमा अनेरास्ववियुका अजित साह तथा अनेरास्ववियु क्रान्तिकारीका संन्दीप बिक्रम शाहले हस्ताक्षर गरेका छन ।


बिद्यार्थीले बुझाएको ज्ञापन पत्रमा यस्ता आरोपहरु उल्लेख छन 
१    परिक्षामा २१ जना विद्यार्थी बराबर एक निरिक्षक खटाउनु पर्ने त्रि.वि.वि.को ब्यवस्थाको बर्खिलाप गई ५०÷५५ परिक्षार्थीमा एकजना निरिक्षक मात्र खटाएर बाँकी दुईजनाको पारिश्रमिक तथा अन्य आर्थिक सुविधा अपचलन गरेको  ।
२    आर्थिक लाभ हुने ठाउँमा एउटै कर्मचारीलाई दोहोरा–तेहरो जिम्मेवारी दिई अन्य क्षमतावान कर्मचारीको मनोवल गिराउने काम गरेको ।
३    ६ महिना म्याद हुने करारमा नियुक्त रहेका व्यक्तिलाई क्याम्पसको मालसमान खरिदको जिम्मेवारी दिई बित्तिय अनुशासन भंग गर्दै आएको ।
४    आर्थिक वर्षको अन्त्यमा असारे बिकासअन्तर्गत टुक्रे योजना बनाएर कोटेशनमार्फत काम वाँडफाड गरि करिव ३० लाख रुपैया अर्थहिन रुपमा खर्च गर्ने प्रपंच गर्दा संचार माध्यमले उजागर गरेपछि रोकिएको काम पुनः अगाडी बढाई रहेका छन् ।
५    शैक्षिक संस्थाको रकम राजनीति क्षेत्रका मान्छेहरुलाई बोलाई स्वागत सत्कार गर्ने नाममा खर्च गर्ने गरेकोे ।
६    क्याम्पस प्रमुख स्वयं आफै ओम इन्टरनेशनल नामक निजि शैक्षिक संस्थाको संचालक भई क्याम्पसमा समय नदिई क्याम्पसको श्रीबृद्धिमा स्वयं बाधक बनेको ।
७    क्याम्पसमा कर्मचारी तथा शिक्षकको व्यवस्थापन र जिम्मेवारी दिँदा आग्रहपूर्ण ब्यवहार गरेको ।
८    एउटै ब्यक्तिलाई एकै समयमा कर्मचारी र शिक्षकको रुपमा नियुक्ती दिई गैरकानुनी काम गर्दै गराउदै आईरहेको रहेकोे ।
९    पुस्तकालयमा पर्याप्त पुस्तक तथा शैक्षिक सामग्रीको ब्यवस्था गर्न क्याम्पस प्रमुख उदासिन रहेको ।
१०    सेमेस्टर प्रणालीलाई ब्यवस्थित रुपमा संचालन गर्न पूर्वाधार, शैक्षिक समाग्री तथा आवश्यक शिक्षकको ब्यवस्था नगरेको । 
११    क्याम्पसका पदाधिकारीहरुबीच समन्वय र समझदारीमा क्याम्पसको प्राज्ञिक विकासमा गर्नु पर्नेमा एक दुईजना पदाधिकारीलाई काखी च्यापी आर्थिक लाभको मनसुवाले काम गर्ने गरेको । 
१२    दरबन्दी केन्द्रीय कार्यालयमा राखी यस क्याम्पसमा काजमा कार्यरत व्यक्तिहरुलाई क्याम्पसको प्रशासनिक जिम्मेवारी दिई क्याम्पसलाई बेथितीको आंखडाको रुपमा रुपान्तरण गरेको । 
१३    क्याम्पसको परिसरमा रहेको रुखविरुवा संरक्षण गर्नु पर्नेमा अनुमति बेगर काटेर हिनामिना गरेको  ।
१४    मर्मत तथा निर्माणका लागि टेण्डर आह्वान नगरी आर्थिक अनियमितताका लागि आफ्ना निकटस्थ तथा आसेपासेलाई अमानतमा काम गराई आर्थिक अपचलन गर्दै आएका । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.