logo

लक्षित वर्गले पाएनन् सामान

      8/19/2018 गते 00 00 मा प्रकाशित     909   पटक पढिएको


भूषण यादव
वीरगन्ज — पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ ।

लक्षित वर्ग र कृषकका लागि खरिद गरिएको एलपीजी ग्यास ९चुलो सिलिन्डर० सेट, पम्प सेट र हयान्ड पम्प तथा पीभीसी पाइप सेट कार्यकारी अधिकृत र गाउँपालिका अध्यक्षबीचको कमिसन विवादका कारण गोदाममा थन्किएको स्थानीयले गुनासो गरेका छन् । लेखापाल धनन्जय दासका अनुसार गत जेठमा ४७ लाख रुपैयाँ लागतमा २ सय ४३ थान ग्यास चुल्लो सिलिन्डर सेट, ३५ थान पम्प सेट र ९० थान चापाकाल सेट खरिद भएको थियो । जेठमै खरिद भएको सामग्री आर्थिक वर्ष समाप्त भएको एक महिना बितिसक्दा पनि वितरण हुन सकेको छैन ।

गत जेठ २ गते गाउँपालिका कार्यालयले स्थानीय पत्रिकामार्फत टेन्डर आह्वान गरेको थियो । ठेकेदारले सामग्री हस्तान्तरण गरेपछि कार्यकारी अधिकृत राज कुशवाहाले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुलाई वितरण गर्ने विषयमा सल्लाह गरेका थिए । लक्षित वर्ग र किसानका लागि आवश्यक सामग्री खरिदमा सल्लाह नमानेकाले अध्यक्षले वितरणमा असहयोग गरेको सम्बद्ध स्रोतको दाबी छ ।

त्यत्तिकै रकममा १ सय ५० थान पम्प सेट र ४ सय २० थान चापाकल खरिदका लागि योजना दिएको अध्यक्ष कानुले जनाए । ‘तर, जम्मा ३५ थान पम्प सेट र ९० थान चापाकल खरिद गरे,’ उनले भने, ‘कमिसनका लागि खरिद गरिएका सामग्री उनीहरूले नै वितरण गरुन् ।’ कार्यकारी अधिकृतको प्रतिक्रया लिन बुधबार र बिहीबार दुई दिन लगातार गाउँपालिका कार्यालयमा संवाददाता पुग्दा उनी अनुपस्थित थिए । फोनमा सम्पर्क गर्दा आउँदै छु भने पनि उनी आएनन् ।

अनियमितता बारे जिज्ञासा राख्दा उनले त्यस गाउँपालिकाबाट आफ्नो सरुवा भइसकेकाले केही पनि भन्न नसकिने प्रतिक्रिया दिएका छन् । सरुवा भए पनि हालसम्म हाकिमले रमाना नबुझेको दर्ता चलानी शाखाका मोहन चौरसियाले बताए । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले ०७४र७५ को बजेट कार्यकारी अधिकृत र लेखापालले आफूखुसी खर्च गरेको दाबी गरेका छन् ।

‘लक्षित वर्गका लागि गर्ने भनिएको अधिकांश कार्यक्रम कागजमा मात्रै सीमित छन्,’ उनले भने, ‘कागजी रिपोर्ट तयारी पारी लाखौँ रुपैयाँ विनियोजन भएको छ ।’ आफू चुनावी परिमाणको पुनस्गणना मुद्दामा अल्झेको बेला कर्मचारीले मनोमानी खर्च गरेको उनको भनाइ छ । जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले गत असार २८ मा मुद्दा टुंग्याएको छ । कानुलाई नै विजय घोषणा गरेको छ । ‘कार्यकारी अधिकृत र लेखापालले हरहिसाब नदिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय गएको थिएँ,’ अध्यक्ष कानुले भने, ‘सचिव दिनेश थपलियाको निर्देशन पनि कर्मचारीले टेरेका छैनन् ।’

विन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाटाका किशोरी चौरसियाले गत आर्थिक वर्षको बजेटमा व्यापक अनियमितता भएको गुनासो गरे । सामग्री खरिदमा कमिसनको भागबन्डा नमिल्दा लक्षित वर्गले पाउन नसकेको उनले बताए । ‘खर्च विवरण माग गर्दा पनि उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘सरोकारवाला निकायले छानबिन गर्न आवश्यक छ ।’

कार्यकारी अधिकृतले गत आर्थिक वर्षको हर हिसाब कार्यालयमा नबुझाउन्जेल सरुवा नगरिदिन सामान्य प्रशासन मन्त्रालयलाई उनले आग्रह पनि गरेका छन् । गाउँपालिकाको इटीयाही चौकदेखि मधवल जाने बाटोमा ९ लाख रुपैयाँको लागतमा वृक्षरोपण गरिएको भए पनि त्यहाँ ५ वटा बिरुवा पनि नरहेको गुप्ताले बताए । गत आवमा करिब १० लाख पचास हजार रुपैयाँको औषधि खरिद गरिएको छ । संभारःकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.