logo

लक्षित वर्गले पाएनन् सामान

      8/19/2018 गते 00 00 मा प्रकाशित     799   पटक पढिएको


भूषण यादव
वीरगन्ज — पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ ।

लक्षित वर्ग र कृषकका लागि खरिद गरिएको एलपीजी ग्यास ९चुलो सिलिन्डर० सेट, पम्प सेट र हयान्ड पम्प तथा पीभीसी पाइप सेट कार्यकारी अधिकृत र गाउँपालिका अध्यक्षबीचको कमिसन विवादका कारण गोदाममा थन्किएको स्थानीयले गुनासो गरेका छन् । लेखापाल धनन्जय दासका अनुसार गत जेठमा ४७ लाख रुपैयाँ लागतमा २ सय ४३ थान ग्यास चुल्लो सिलिन्डर सेट, ३५ थान पम्प सेट र ९० थान चापाकाल सेट खरिद भएको थियो । जेठमै खरिद भएको सामग्री आर्थिक वर्ष समाप्त भएको एक महिना बितिसक्दा पनि वितरण हुन सकेको छैन ।

गत जेठ २ गते गाउँपालिका कार्यालयले स्थानीय पत्रिकामार्फत टेन्डर आह्वान गरेको थियो । ठेकेदारले सामग्री हस्तान्तरण गरेपछि कार्यकारी अधिकृत राज कुशवाहाले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुलाई वितरण गर्ने विषयमा सल्लाह गरेका थिए । लक्षित वर्ग र किसानका लागि आवश्यक सामग्री खरिदमा सल्लाह नमानेकाले अध्यक्षले वितरणमा असहयोग गरेको सम्बद्ध स्रोतको दाबी छ ।

त्यत्तिकै रकममा १ सय ५० थान पम्प सेट र ४ सय २० थान चापाकल खरिदका लागि योजना दिएको अध्यक्ष कानुले जनाए । ‘तर, जम्मा ३५ थान पम्प सेट र ९० थान चापाकल खरिद गरे,’ उनले भने, ‘कमिसनका लागि खरिद गरिएका सामग्री उनीहरूले नै वितरण गरुन् ।’ कार्यकारी अधिकृतको प्रतिक्रया लिन बुधबार र बिहीबार दुई दिन लगातार गाउँपालिका कार्यालयमा संवाददाता पुग्दा उनी अनुपस्थित थिए । फोनमा सम्पर्क गर्दा आउँदै छु भने पनि उनी आएनन् ।

अनियमितता बारे जिज्ञासा राख्दा उनले त्यस गाउँपालिकाबाट आफ्नो सरुवा भइसकेकाले केही पनि भन्न नसकिने प्रतिक्रिया दिएका छन् । सरुवा भए पनि हालसम्म हाकिमले रमाना नबुझेको दर्ता चलानी शाखाका मोहन चौरसियाले बताए । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले ०७४र७५ को बजेट कार्यकारी अधिकृत र लेखापालले आफूखुसी खर्च गरेको दाबी गरेका छन् ।

‘लक्षित वर्गका लागि गर्ने भनिएको अधिकांश कार्यक्रम कागजमा मात्रै सीमित छन्,’ उनले भने, ‘कागजी रिपोर्ट तयारी पारी लाखौँ रुपैयाँ विनियोजन भएको छ ।’ आफू चुनावी परिमाणको पुनस्गणना मुद्दामा अल्झेको बेला कर्मचारीले मनोमानी खर्च गरेको उनको भनाइ छ । जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले गत असार २८ मा मुद्दा टुंग्याएको छ । कानुलाई नै विजय घोषणा गरेको छ । ‘कार्यकारी अधिकृत र लेखापालले हरहिसाब नदिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय गएको थिएँ,’ अध्यक्ष कानुले भने, ‘सचिव दिनेश थपलियाको निर्देशन पनि कर्मचारीले टेरेका छैनन् ।’

विन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाटाका किशोरी चौरसियाले गत आर्थिक वर्षको बजेटमा व्यापक अनियमितता भएको गुनासो गरे । सामग्री खरिदमा कमिसनको भागबन्डा नमिल्दा लक्षित वर्गले पाउन नसकेको उनले बताए । ‘खर्च विवरण माग गर्दा पनि उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘सरोकारवाला निकायले छानबिन गर्न आवश्यक छ ।’

कार्यकारी अधिकृतले गत आर्थिक वर्षको हर हिसाब कार्यालयमा नबुझाउन्जेल सरुवा नगरिदिन सामान्य प्रशासन मन्त्रालयलाई उनले आग्रह पनि गरेका छन् । गाउँपालिकाको इटीयाही चौकदेखि मधवल जाने बाटोमा ९ लाख रुपैयाँको लागतमा वृक्षरोपण गरिएको भए पनि त्यहाँ ५ वटा बिरुवा पनि नरहेको गुप्ताले बताए । गत आवमा करिब १० लाख पचास हजार रुपैयाँको औषधि खरिद गरिएको छ । संभारःकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.