logo

संघीयता समाप्त पारेर स्वार्थ सिद्ध गर्न चाहनेहरुको सपना पुरा हुन दिदैनौः मुख्यमंत्री गद्धी

      8/16/2018 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

साउन ३१ बीरगंज ।
प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले हिजो सम्बिाधानको बिरोध गर्नेहरु आज कार्यान्वयन गर्न अग्रसर रहेको र हिजो सम्बिधान जारी हुदा उत्सव मनाउनेहरु संघीयतालाई कसरी असफल बनाउने भन्ने तिर लागेको अनुभव भइरहेको बताएका छन  । उनले संघीता समाप्त पारेर आफनो स्वार्थ पुरा गर्न खोज्नेहरुको सपना पुरा हुन नदिने समेत बताए ।
ब्रोडकास्टिङ्ग एशोसिएशन अफ नेपालले बीरगंज बिहिवार बीरगंजमा आयोजना गरेको “संघीयता कार्यान्वयनमा रेडियोको भूमिका”बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।  


मुख्यमंत्री गद्धीले सम्बिधान जीवन्त दस्तावेज भएका चर्चा गर्दै त्यसमा भएका कमजोरीहरुलाई सुधार गर्दै जानु पर्नेमा जोड दिए । उनले सम्बिधान बनाउदा नै प्रदेश सरकारलाई पंगु र निकम्मा बनाउने गरि ल्याएकोले त्यसको परिणाम अहिले देखिदै आएको बताए  । 


उनले  प्रदेश सरकारको प्यारलल स्थानीय सरकार बनाइएकोले सरकारहरु अलग अलग हुन भन्ने कुरा स्थापित भएको बताउ  । उनले यो ठिक होइन र यस्तो पर्न दिन हुदैन भन्दै यसमा संघ सरकारले सहजीकरण गर्नु पर्नेमा जोड दिए  । 


उनले करको बिषयमा चर्चा गर्दै करको बाहाना संघीयत बिरोधी खेल्छन भन्ने कुरा आफूले पहिले प्रदेश क्याबिनेटमा छलफल गरेको भन्दै  आफू १० वर्ष कर बढाउन नहुने पक्षमा रहेको बताए ो ।उनले कर काहा खर्च हुन्छ त्यसमा ध्यान दिउ भन्दै भ्रष्टाचार भयो भने भ्रष्टाचारीलाई कारवाही गर्न आफू तयार रहेको बताए  । 


उनले रेडियोले चाहेको बेला आन्दोलन उठने र नचाहेको बेला कमजोर हुने आफनो अनुभव रहको चर्चा गर्दै प्रदेश सरकार रेडियोसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए  । 


कार्यक्रममा “संघीयता कायान्वयनमा रेडियोको भूमिका”को बिषयमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले आधार पत्र प्रस्तुत गरेको थियोे । 


कार्यक्रमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा बानका अध्यक्ष चन्द्र न्यौपाने,बीरगंज महानगरका प्रमुख बिजय सरावगी ,नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष दीपेन्द्र चौहान ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,बानका उपाध्यक्ष उज्ववल चोलागाई महासचिव दुर्गा अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता आरसी यादव र संचालन निलिमा पौडेलले गरेका थिए ।


आजै बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसले मुख्यमंत्री लालबाबु राउत गद्धी र भौतीक पूर्वाधारमंत्री जितेन्द्र सोनललाई सम्मान गरेको छ । गद्धीले  ठाकुरराम बहुमुखी क्याम्पस बाटै उच्च शिक्षा हासिल गर्नु भएको हो ।

उच्च शिक्षा हासिल पछि सोही क्याम्पसका अध्यापक समेत रहनु भएका गद्धीलाई आफनै परिवारको सदस्य मुख्यमंत्री भएको भन्दै क्याम्पसले सम्मान गरेको हो । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले दोसल्ला ओढाई सम्मान पत्र दिएर सम्मान गरेका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.