logo

संघीयता समाप्त पारेर स्वार्थ सिद्ध गर्न चाहनेहरुको सपना पुरा हुन दिदैनौः मुख्यमंत्री गद्धी

      8/16/2018 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

साउन ३१ बीरगंज ।
प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले हिजो सम्बिाधानको बिरोध गर्नेहरु आज कार्यान्वयन गर्न अग्रसर रहेको र हिजो सम्बिधान जारी हुदा उत्सव मनाउनेहरु संघीयतालाई कसरी असफल बनाउने भन्ने तिर लागेको अनुभव भइरहेको बताएका छन  । उनले संघीता समाप्त पारेर आफनो स्वार्थ पुरा गर्न खोज्नेहरुको सपना पुरा हुन नदिने समेत बताए ।
ब्रोडकास्टिङ्ग एशोसिएशन अफ नेपालले बीरगंज बिहिवार बीरगंजमा आयोजना गरेको “संघीयता कार्यान्वयनमा रेडियोको भूमिका”बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।  


मुख्यमंत्री गद्धीले सम्बिधान जीवन्त दस्तावेज भएका चर्चा गर्दै त्यसमा भएका कमजोरीहरुलाई सुधार गर्दै जानु पर्नेमा जोड दिए । उनले सम्बिधान बनाउदा नै प्रदेश सरकारलाई पंगु र निकम्मा बनाउने गरि ल्याएकोले त्यसको परिणाम अहिले देखिदै आएको बताए  । 


उनले  प्रदेश सरकारको प्यारलल स्थानीय सरकार बनाइएकोले सरकारहरु अलग अलग हुन भन्ने कुरा स्थापित भएको बताउ  । उनले यो ठिक होइन र यस्तो पर्न दिन हुदैन भन्दै यसमा संघ सरकारले सहजीकरण गर्नु पर्नेमा जोड दिए  । 


उनले करको बिषयमा चर्चा गर्दै करको बाहाना संघीयत बिरोधी खेल्छन भन्ने कुरा आफूले पहिले प्रदेश क्याबिनेटमा छलफल गरेको भन्दै  आफू १० वर्ष कर बढाउन नहुने पक्षमा रहेको बताए ो ।उनले कर काहा खर्च हुन्छ त्यसमा ध्यान दिउ भन्दै भ्रष्टाचार भयो भने भ्रष्टाचारीलाई कारवाही गर्न आफू तयार रहेको बताए  । 


उनले रेडियोले चाहेको बेला आन्दोलन उठने र नचाहेको बेला कमजोर हुने आफनो अनुभव रहको चर्चा गर्दै प्रदेश सरकार रेडियोसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए  । 


कार्यक्रममा “संघीयता कायान्वयनमा रेडियोको भूमिका”को बिषयमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले आधार पत्र प्रस्तुत गरेको थियोे । 


कार्यक्रमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा बानका अध्यक्ष चन्द्र न्यौपाने,बीरगंज महानगरका प्रमुख बिजय सरावगी ,नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष दीपेन्द्र चौहान ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,बानका उपाध्यक्ष उज्ववल चोलागाई महासचिव दुर्गा अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता आरसी यादव र संचालन निलिमा पौडेलले गरेका थिए ।


आजै बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसले मुख्यमंत्री लालबाबु राउत गद्धी र भौतीक पूर्वाधारमंत्री जितेन्द्र सोनललाई सम्मान गरेको छ । गद्धीले  ठाकुरराम बहुमुखी क्याम्पस बाटै उच्च शिक्षा हासिल गर्नु भएको हो ।

उच्च शिक्षा हासिल पछि सोही क्याम्पसका अध्यापक समेत रहनु भएका गद्धीलाई आफनै परिवारको सदस्य मुख्यमंत्री भएको भन्दै क्याम्पसले सम्मान गरेको हो । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले दोसल्ला ओढाई सम्मान पत्र दिएर सम्मान गरेका हुन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.