logo

स्थापना दिवसमा प्रभात फेरी,प्रेस चौतारी पुरस्कारको घोषणा

      2/4/2018 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

बीरगन्ज २२ माघ । 
प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २० औ स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी पर्सा शाखाले प्रभात फेरी निकालेको छ ।

 

बीरगन्जको घण्टाघर बाट निस्केको प्रभात फेरी महानगरको विभिन्न भाग परिक्रमा गरि पुन. घण्टाघर मै कोण सभामा परिणत भएको थियो ।

 

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सम्पन कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले पर्साका पत्रकार र पत्रकारितालाई अझै मर्यादित र व्यवस्थित बनाउनमा चौतारीले भुमिका खेल्नु पर्ने सुझाव दिनु भयो । कोण सभामा प्रेस चौतारी नेपालका प्रदेश न. २ का प्रमुख लालबाबु शेख ,नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष के.सी. लामिछाने , सत्रुघ्न नेपाल , पूर्व उपाध्यक्ष ध्रुव साह, प्रेस मञ्चका केन्द्रीय अध्यक्ष संतोष पटेल लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

 

आफनो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल पर्साले हरेक वर्ष एक जना पत्रकारलाई पुरष्कृत गर्ने घोषणा समेत गरेको छ ।

 

चौतारीका अध्यक्ष अनुप तिवारीले कोण सभालाई सम्बोधन गर्दै हरेक वर्ष स्थापना दिवसको अवसरमा पर्साका एक जना कृयाशिल पत्रकारलाई १५ हजार नगद सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन । कार्यक्रमको सहजिकरण चौतारी पर्साका सचिव संजिव मिश्रले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.