logo

नक्कली प्रहरी अधिकृत बनी रकम ठग्दै हिडने गैर पत्रकार रायमाझी प्रहरी फन्दामा

      5/13/2017 गते 00 00 मा प्रकाशित     1311   पटक पढिएको

वीरगंज ३० वैशाख विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी आज जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन ।

गत वैशाख २७ गते नक्कली प्रहरी अधिकृत बनी वीरगंजको कुम्हाल टोलमा रहेको दुर्गा ट्रेडर्स नामक एक कपडा कारोबारीको गोदाममा पुगेर यहाँ भंसार छलेका सामानहरु छन भन्दै आफुले प्रहरीको भ्यान बोलाएर सबै सामान सहित पक्राउ गरिदिने धम्की दिंदै त्यहाँ कार्यरत रहेका कामदार भारत, ग्राम सहदेवा पंचायत नुनियाडिह वार्ड नं ३ निवासी धर्मेन्द्र कुमार साहलाई हातपात गर्दै उनीसँग रहेको नगद रु. ५० हजार रकम जबरजस्ती लिएर फरार भएका थिए ।

घटना पश्चात कामदारले आफना साहु वीरगंज लक्षमणवा वडा नं १८ निवासी पप्पु पटेललाई रूंदै जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ पप्पु पटेलले नक्कली प्रहरीको आवरणमा आएका गैर पत्रकार श्रीराम रामाझीलाई टेलिफोन सम्पर्क गरि तपाईले किन यस्तो कार्य गरेको, म तपाईलाई राम्रोसँग चिन्छु र लिएको पैसा फर्काउन आग्रह गर्दा उल्टै धम्की शैलीमा आफुसँग गएका प्रहरी लगायत हामी ५ जनाले उक्त ५० हजार बाँडी सकेकोले फर्काउन नसकिने र जहाँ मन लाग्छ त्यहाँ उजुरी गर्दा हुन्छ भनी जवाफ फर्काएका थिए ।

सो घटनाको बारेमा पिडितहरुले तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सामा गई प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष उजुरी सहित निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट गैर पत्रकार श्रीराम रायमाझी लगायतका दोषीहरुलाई झिकाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रचार आएकोले आज जिल्ला प्रहरी कार्यालय पर्साले पीडित पक्षले दिएको कारवाहीको निवेदन उपर गैर पत्रकार श्रीराम रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई दुवै पक्ष बसाएर छलफल गरि जबरजस्ती लुटेको रु. ५० हजार फर्काउने शर्तमा र अब उप्रान्त यस्ता घटना नदोहोर्याउने लिखित प्रतिबद्धता पछि पत्रकारको नाममा ठगी गर्ने रायमाझी घर फर्कन पाएका हुन ।

रायमाझीले आफुले मात्र होइन अन्य ५ जनाले पनि लिएको रकम बाँडेको समेत सो अवसरमा बताएपनि क–कसले रकम लिएको भन्ने कुरा भने लुकाएका थिए । गैर पत्रकार रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा कागज गरि छाडिएको हो । यताका केहि दिनहरुमा पत्रकारको नाममा विभिन्न औद्योगीक प्रतिष्ठान तथा व्यापारीक फर्ममा छापामारी रकम असूल गर्ने, नक्कली प्रहरी अधिकृत बनी आतंक फैलाउने काममा रायमाझीको नेतृत्वमा छापामार टोली नै परिचालित भएको थियो ।

आजको घटनाले भने यसतर्फ सबै जिम्मेवार निकायहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । स्मरण रहोस व्यवसायीहरुबाट अनाधिकृत रुपमा रकम संकलन गरेको, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापतिको नाम दुरुपयोग गरि चन्दा आतंक गरेको, पर्सेलि पत्रकारहरुको मर्यादा र प्रतिष्ठामा आंच आउने गतिविधिहरु नरोकेकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गैर पत्रकारका रुपमा चिनिएका श्रीराम रायमाझीको यस अघि नै सदस्यता खारेज गरि सकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.