logo

हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छ ः राजदूत पुरी

      5/11/2017 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

धनुषा, २९ वैशाख । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताउनुभएको छ ।


नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो । भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताउनुभयो ।


उहाँले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताउनुभयो ।


नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४औँ राजदूतका रुपमा नेपाल आउनुभएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।


नेपाल–भारत मैत्री युवा सङ्घका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवम् सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा विजयकुमार सिंह, दिनेशप्रसाद साहसहितका वक्ताले नेपाल र भारतको सम्बन्धलाई अझ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.