logo

बब्लु दुबेको अदालत परिषरमा गोली हानी हत्या

      5/11/2017 गते 00 00 मा प्रकाशित     1189   पटक पढिएको


वीरगञ्ज २८ वैशाख ः भारतको बिहार र नेपालमा आतंकको पर्यायवाची बनेका पेशेवर भारतीय अपराधी  बब्लु दुबे उर्फ मिथलेश दुवेको हत्या गरिएको छ । बिहीबार विहारको बेतिया अदालत परिसरमा अज्ञात समूहले दुबेको दिनदहाडै गोली हानी गरेको हो ।

श्रोतका अनुसार तीनजनाको संख्यामा आएका अज्ञात व्यक्तिहरुले प्रहरी घेरामा रहेका दुबेलाई निशाना बनाई गोली प्रहार गरेका हुन् । गोली चलेपछि अदालत परिषरमा भागदौड समेत मचेको थियो ।

बब्लूलाई मझौलिया अहवर शेखका मुखिया जवाहर साहको हत्या मामिलामा पुलिस नियन्त्रणमा राखिएको थियो । राजनीतिका कारण बब्लुको हत्या गरिएको हुनसक्ने बेतिया प्रहरीले अनुमान लगाएको छ ।

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगञ्जको बिषेश टोलीले २०७० जेठ १४ गते मंलगबार दुबेलाई मंगलवार राती काठमाण्डौको सितापाईलाबाट पक्राउ गरी वीरगञ्ज ल्याएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.