logo

किराँत राई समुदायको उभौली पर्व सुरु

      5/11/2017 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको

भोजपुर, २९ वैशाख । किराँत राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा÷साकेवा पर्व सुरु भएको छ ।


पर्वका अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टँुडिखेललगायत विभिन्न थानमा साकेन्वा सिली नाचिने किरात राई यायोक्खा जिल्ला अध्यक्ष पाविहाङ राईले बताउनुभयो ।


चण्डी पूर्णिमादेखि सुरु भएको पर्व पन्ध्र दिनसम्म पितृ तथा भूमिको पूजाआजा गरी मनाउने प्रचलन रहेको छ । किराँती प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकिसकेपश्चात् बाली भित्र्याउँदै मङ्सिरे पूर्णिमामा उधौली पर्व मनाउँछन् ।


पर्वका अवसरमा परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । उभौलीमा विशेष गरेर बालीनालीमा रोग नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस्, पारुहाङ र सुम्निमाले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहित मनाइने अध्यक्ष राईको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.