logo

सार्वजनिक नाला व्यक्तिका नाममा

नापी र मालपोत भूमाफियाको कब्जामा

      1/24/2017 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

वीरगन्ज/ नापी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका विभिन्न सार्वजनिक नाला व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । अधिकांश नालामा अहिलेपनि सहरको ढल निकास भइरहेको छ । प्लटिङ्गमा परेका केही नाला पुरेर व्यक्तिको नाममा दर्ता गरिएको छ । साविकदेखि पानी बगिरहेको वीरगन्ज उपमहानगरपालिका छपकैया– २ स्थित कित्ता नम्बर २२, २३, २८ र २९ व्यक्तिको नाममा दर्ता गरिएको हो । साविकदेखि सहरको ढल र वर्षातको पानी निकासका लागि निर्माण गरिएको मूख्य नाला नया“ नापीमा व्यक्तिको नाममा दर्ता गरिएको हो । वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत फोहोर पानी सहज निकासका लागि अन्डरग्राउन्ड नाला निर्माण गर्ने क्रममा सार्वजनिक नाला व्यक्तिको नाममा दर्ता गरिएको खुलेको हो ।

योजना प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार ती क्षेत्रमा नाला निर्माण गर्ने क्रममा लालपुर्जा बोकेर जग्गा धनी अवरुद्ध गर्न आएका छन् । ‘साविककै नाला खनेर पक्की नाला निर्माण गर्ने योजना थियो,’ उनले भने, ‘डोजर लगेर खन्ने क्रममा अदालतबाट निषेधाज्ञा जारी गराएका छन् ।’ विगतदेखि नै वीरगन्ज सहरको ढल निकाश हुने उक्त क्ष्ँेत्रमा रक्सौलबाट अमलेखगन्जसम्म रेल चल्दा नालामाथि निर्माण गरिएका पुलका अवशेष अझै देख्न सकिन्छ ।

साविकदेखि नै नाला बगिरहेको झन्डै १८ कठ्ठा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । पुरानो नापी र फिल्ड बुकको आधारमा अदालतलाई प्रतिउत्तर दिने तैयारी थालिएको श्रेष्ठले जनाए । निषेधाज्ञा जारी भएपछि निर्माण कार्य ठप्प बनेको छ । साइट क्लियर नहुन्जेल काम नथाल्ने ठेकेदार कम्पनीले जनाएको छ । ‘यसरी विलम्ब हु“दा आर्थिक भार बढ्छ,’ योजनाका लेखा अधिकृत सुमन श्रेष्ठले भने, ‘कार्यालयको अवस्थामा ऋणात्मक हुन्छ ।’ मालपोतका प्रमुख नापी अधिकृत दुर्गा दास महर्जनले नाला बगिरहेको क्ष्ँेत्रमा कर्मचारीले कसरी हालसाविक गरे अध्ययन गर्ने बताए । ‘फिल्ड बुक र पुरानो नापी भिडाएर हामी अध्ययन गर्छौ,’ महर्जनले भने ।

नालालाई नीजिमा दर्ता गर्ने नापीका कर्मचारीले वीरगन्जकै नगवा क्षेत्रमा सार्वजनिक कल्भर्टलाई समेत काटेर व्यक्तिको नाममा दर्ता गरेका छन् । नगर विकास समितिले नया“ क्ष्ँेत्रमा वस्ती बसाउन प्लटिङ गरेको जग्गामा बनाएको कल्भर्ट र नालालाई ०७२ चैत २५ गते व्यक्तिको नाममा दर्ता गरिएको पाइएपछि स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका छन् । नया“ नापीको फिल्ड बुकमा कल्झर्ट लेखेको ठाउ“मा रातो पेनले काटिएको छ । नगर विकासले प्लटिङ गरेको नगवा– १९ को कित्ता नम्बर ३८, ३९, ४०, ४२ र ४३ नेपाल बैंक लिमिटेडको वीरगन्ज स्थित आदर्शनगर शाखाले खरिद गरेको थियो । कल्र्भट र नाला ४१ नम्बर कित्तामा पर्छ । बैंकको लालपुर्जामा ४१ नम्बर कित्ता उल्लेख छैन् ।

अघिल्लो वर्ष बैंकले जग्गा बिक्रीका लागि प्रकाशित गरेको सूचनामा पनि ४१ नम्बरको कित्ता समावेश गरेको थिएन् । तर, खरिद गर्ने व्यक्तिले लालपुर्जामा ४१ नम्बर पनि दर्ता गराएका छन् । भवन निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास समेत गराएका छन् । ‘गहवा, जेलरोड, रेशमकोठी, कुम्हालटोल क्ष्ँेत्रको वर्षातको पानी त्यही कल्भर्ट भएर निकास पाउने हो,’ स्थानीय अयुव हुसैन् भन्छन्, ‘नालामाथि भवन निर्माण भएपछि पानीको निकास रोकिन्छ ।’ सार्वजनिक नाला व्यक्तिको नाममा दर्ता गरेपछि नगवाका अगुवाले अदालतमा दर्ता बदरको लागि मुद्दा दर्ता गराएका हुन् । प्रमुख नापी अधिकृत महर्जनले साविककै जग्गा नया“ नापीमा व्यक्तिको नाममा दर्ता गरिएको दाबी गरे । उक्त कित्तामा कल्भर्टनै नभएको दाबी गरेका महर्जनलाई पानी बगिरहेको कल्भर्टको तस्बिर देखाएपछि मौन भएका थिए ।


साभार: कान्तिपुर

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

दाइजो नलिई छोराछोरीको विवाह गर्ने अभिभावकलाई चन्द्रनगरपालिकाले सम्मान गर्ने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

जंगलबाट निस्किएका निलगाई र बँदेल गाउँमै रम्दै , बालीनालीमा उपद्रो मच्चाएका कारण किसानले सास्ती खेप्दै

बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.