logo

ड्राइपोर्टमा चल्ने अधिकांश ट्रेलर कर छलीका

ड्राइपोर्टमा चल्ने अधिकांश ट्रेलर कर छलीका

      1/21/2017 गते 00 00 मा प्रकाशित     3026   पटक पढिएको

सिमाना रिर्पोटर
वीरगन्ज - कन्टेनर ढुवानीका लागि प्रयोग हुने ट्रेलर (लहरी) ट्रक व्यवसायीले राजस्व छली भारतबाट आयात गरेको पाइएको छ । तेस्रो मुलुकबाट भारतको कोलकता हु“दै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह वस्तु लिएर आएको कन्टेनर ढुवानीमा ट्रेलर प्रयोग हुन्छ । फलामजन्य उद्योगका लागि भारतबाट आयात गरिने कच्चा पदार्थ ढुवानीमा समेत यसको प्रयोग गरिन्छ । बन्दरगाहमा यस्ता ट्रेलर करिब एक सय ५० वटा सञ्चालनमा रहेका छन् । वीगन्ज भन्सार कार्यालयको तथ्यांकमा हालसम्म ३० वटा ट्रेलरले मात्र भन्सार राजस्व दाखिला गरि आयात भएका छन् । भन्सार प्रमुख सेवन्तक पोखरेलका अनुसार करिब १५ लाख रुपैया“ पर्ने एउटा ट्रेलरको भन्सार र मूल्य अभिवृद्धि कर गरी ३ लाख ७६ हजार रुपैया“ राजस्व दाखिला गर्नुपर्छ । व्यवसायीले नेपालमा च्यासिस खरिद गरेपछि भारतबाट ट्रेलर भित्र्याउने गरेका छन् ।

कर छल्न व्यापारीले पारिपट्टि रक्सौलमा ट्रकको इन्जीन लगी ट्रेलर जोडेर वीरगन्ज भित्र्याउ“छन् । गत कात्तिक २६ गते प्रहरीले राजस्व छली भन्सार बिन्दु पार गरि वीरगन्जको ब्रहमचौक पुगेको अवस्थामा ६ थान ट्रेलर नियन्त्रणमा लिएका थियो । ‘झन्डै सयभन्दा बढी ट्रेलर राजस्व छली भित्रिएका छन्,’ एक ट्रेलर व्यवसायीले भने, ‘बिना रोकटोक निर्वाध गुडिरहेका छन् ।’ भन्सार छलि भित्रिएको ट्रेलर प्रहरी पुग्दा कामदारले ट्रेलर पछाडिको भारतीय नम्बर प्लेट उप्काएर नेपाली नम्बर प्लेट लगाइरहेका थिए । ९० लाख रुपैया“ बराबरको ट्रकको ट्रेलर गोरखा लोजेस्टीकको नाममा दर्ता रहेको ना७ख १७८८, १७८७, ३२९, १७९०, १२०० र ना.७ख १७९१ नम्बरको इन्जीन(च्यासीस) रहेको थियो । सम्बन्धीत गाडी धनीले ट्रेलरको कागजात प्रहरीलाई बुझाउन नसकेपछि थप अनुसन्धानका लागि पथलैया स्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको थियो । राजस्व छली गरी ट्रेलर भित्रिएको उजागर भएपनि अन्य ट्रेलरमाथि सरोकारवाला निकायले अनुसन्धान नगरेको व्यवसायीले गुनासो गरेका छन् ।

गाडी धनिले एजेन्सी मार्फत च्यासीस खरिद गर्छन् । च्यासीस सम्बन्धीत यातायात कार्यालयमा दर्ता भएपछि आवश्यकता बमोजिम बडी अथवा ट्रेलर गाडी धनीले निर्माण गराउ“छन् । ‘केहीले नेपालमै ट्रेलर, बडी निर्माण गराई जडान गर्छन्,’ सम्वद्ध स्रोतले भन्यो, ‘कतिपय भारतमै आवश्यकता अनुसारको ट्रेलर, बडी निर्माण गरी ल्याउछन् । नेपालभन्दा भारतमा निर्माण गराउ“दा सस्तो पर्छ ।’ वीरगन्जको आदर्शनगर र लक्ष्मनवामा पनि टे«लर निर्माण गर्ने ‘बडी बिल्डीङ’ कम्पनी सञ्चालनमा रहेपनि सञ्चालकका अनुसार हालसम्म एक दर्जन टे«लर मात्र निर्माण गरेको बताएका छन् । भारतमा बडी र ट्रेलर निर्माण गराउन जाने गाडी धनिले कूल मूल्यको ५ प्रतिशत भन्सारमा धरौटी राखेर निश्चित समयमा बनाएर ल्याउनु पर्ने हुन्छ । भन्सार प्रमुख पोखरेलका अनुसार गाडी धनिले पेश गरेको खर्चको बिलबिजकको आधारमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गरिन्छ । भन्सारलाई खबर नगरी च्याचिसमै जडान गरी भित्र्याइएको ट्रेलरले राजस्व बुझाएको नबुझाएको थाहा हुन्न् । ट्रक व्यवसायीका अनुसार भारतमा निर्माण गरी भित्र्याइएका ट्रेलर र बडीको बिलबिजक आधि मूल्यको बनाएर भन्सारमा पेश गरिएको हुन्छ । ‘निर्माण खर्च आधी देखाएपछि भन्सारमा कर पनि आधी मात्र तिर्नुपर्छ,’ ती व्यवसायीले भने ।  
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

दाइजो नलिई छोराछोरीको विवाह गर्ने अभिभावकलाई चन्द्रनगरपालिकाले सम्मान गर्ने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

जंगलबाट निस्किएका निलगाई र बँदेल गाउँमै रम्दै , बालीनालीमा उपद्रो मच्चाएका कारण किसानले सास्ती खेप्दै

बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.