logo

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा आधुनकि कृषि बजाकरो उद्घाटन, किसानहरु लाभान्वित हुने

 इसीमाना सम्वाददाता     २०८१ फागुन ६ गते १०: २७ मा प्रकाशित     732   पटक पढिएको

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा निर्माण भएको  कृषि बजार तथा चिस्यान केन्द्र भवनको एक कार्यक्रमकावीच मंगलवार  उद्घाटन भएको छ । 


मंगलबार मधेस प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नवनिर्मित कृषि बजार तथा चिस्यान केन्द्रको उद्घाटन गरेका हुन । 


१ करोड ३० लाखको लागतमाआधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो।

किसानका उत्पादन संकलन र बिक्री वितरण तथा भण्डारणका लागि रंगपुरमा १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो । 

केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री सिंहले यस बर्ष कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाँउपालिकालाई आगामी बर्षमा पहिलो बन्ने गरि काम गर्न सुझाव दिए।

 

पटेर्वा सुगौली गाँउपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेको उनले बताए।मधेस प्रदेशलाई कृषि बीउबिजनको उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर आफ्नो मन्त्रालयले काम गरिरहेको उनले सुनाए।


संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाँउपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।

 

आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएको छ ।

 

यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनिकोल्ड स्टोर(चिस्यान केन्द्र)पनि निर्माण गरिएको वडा नं २ का वडाध्यक्ष बिजय गैरेले जानकारी दिए । चिस्यान केन्द्रको क्षमता १ मेट्रीक टन रहेको छ। 

ब‌ैशाख १९ गते शिलान्यास गरेर निर्माण कार्य सुरु गरिएको कृषि बजार तथा चिस्यान केन्द्र भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनिसंग सम्झौता गरिएको थियो ।तर सम्झौतामा उल्लेख गरिएको समयावधि भन्दा ५ महिना अगावै केन्द्र भवनको निर्माण कार्य सम्पन्न भएको हो।


गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा   उपाध्यक्ष ममता महतो थारु, प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्राण मेहता,वडाध्यक्षहरु विजय गैरे,माधव राकांग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान,गिरीराज कँडेल लगायतको  उपस्थिती थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.