logo

९० लाखको भंसार छलीको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २६ गते ०३: १६ मा प्रकाशित     270   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले भंसार राजस्व छलीका समान सहित एउटा माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएको ट्रकमा ८७ लाख बढीको सामान रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रहरीले बिभिन्न समयमा रहेको चेकजाँचका क्रममा नियन्त्रणमा लिएको सामानको मूल्य हो यो । जिल्लाका फरकफरक स्थानहरुबाट उक्त मूल्यका सामानहरु पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।


विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगञ्ज–८ घण्टाघरबाट ८७ लाख ५० हजार ४१५ रुपैँयाका खुद्रा सामान तथा औषधीसहित ना.६ ख ३८६१ नम्बरको ट्रक पक्राउ गरेको हो । ट्रकसहित सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

यसैगरी वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट खाद्यन्न तथा कपडाहरु नियन्त्रणमा लिएको प्रहरीले जनायो । २ लाख ८७ हजार ५ सय मूल्यका सामानहरु आवश्यक कारवाहीका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.