काठमाडौँ । ‘मिसेस नेपाल र्वल्ड २०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारेकी छन् ।
उनले उपाधिसँगै आगामी जनवरीमा अमेरिकामा हुने मिसेस र्वल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । उपाधी संगै उनले पुरस्कार स्वरुप स्कुटर पाएकी छन् ।
प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपाधि विजेतासमेत भएकी उनले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सीता सुबेदी एमएस नेपाल इन्टरनेशनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता बनेकी छन् ।
उनले एमएस नेपाल इन्टरनेसनल भएबापत सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएकी छन् । विजेताहरूलाई मिसेस र्वल्ड २०२२ सरगम कौशलले ताज पहिराइदिएकी थिइन् ।
तपाईको प्रतिक्रिया