logo

बेवारिसे भारतीय गाडीमाथि कसैको दाबी परेन, २२ लाखका दुई सवारी भन्सारको जिम्मा

 इसीमाना सम्बाददाता     २०८३ कार्तिक १७ गते ०६: ३३ मा प्रकाशित     79   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले नियन्त्रणमा लिएका दुईवटा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको जिम्मेवारी अब वीरगञ्ज भन्सार कार्यालयमा पुगेको छ।

 

सोवार बरामद भएको सवारीका धनी सम्पर्कमा नआएपछि प्रहरीले दुवै गाडी भन्सार कार्यालयलाई बुझाएको हो।

 

वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट बेवारिसे अवस्थामा फेला परेका महिन्द्रा बोलेरो र मारुती सुजुकी गाडीको अनुमानित बजार मूल्य करिब २२ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएपछि सम्भावित धनी तथा हकवालालाई सम्पर्कमा आउन आग्रह गरेको थियो। तर, तोकिएको समयभित्र कुनै व्यक्ति गाडीमाथि स्वामित्व दाबी गर्न नआएपछि थप कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा दाखिला गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

 

उनका अनुसार बेवारिसे अवस्थामा फेला परेका दुवै गाडी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको हो।

 

भारतीय नम्बर प्लेटका दुईवटा गाडी नेपाली भूमिमा बेवारिसे अवस्थामा फेला पर्नु र तिनको हकदाबी गर्न कोही नआउनुले घटनालाई थप चासोको विषय बनाएको छ।

 

प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बेवारिसे अवस्थामा रहेका भारतीय नम्बर प्लेटका बोलेरो र मारुती सुजुकी गाडी बरामद गरेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.