logo

बाढी पीडितको नाममा क्यूआर मार्फत रकम उठाउने काठमाण्डौका के.सी. पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ भदौ १८ गते ०८: ४६ मा प्रकाशित     102   पटक पढिएको

काठमाडौं । बाढी पीडितका लागि भन्दै आफ्नो व्यक्तिगत क्यूआर र बैंक खातामा रकम संकलन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा तथा नुवाकोट लगायतका जिल्लामा भएको धनजनको क्षति सम्बन्धी घटना देखाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी दिने भन्दै विभिन्न व्यक्तिहरूलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

 

पक्राउ पर्नेमा  काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १ का ४७ वर्षीय कृष्ण के.सी. रहेका छन्। प्रहरीका अनुसार उनलाई भदौ १७ गते  काठमाडौं महानगरपालिका १४, कलंकीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो।

 

नियन्त्रणमा लिई सम्झाई बुझाई, सोधपुछ गर्न खोज्दा प्रहरी कर्मचारीहरूलाई नै अभद्र व्यवहार गरेपछि उनलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७  दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तारसूचना अधिकारी प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।

 

प्रहरीले विपद्को बेला कसैको व्यक्तिगत क्यूआरमा रकम नपठाउन र आधिकारिक सरकारी कोषमा मात्रै सहयोग गर्न सबैमा अनुरोध गरेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.