logo

परोहाको राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार बढी भुक्तानी, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 इसीमाना सम्वाददाता     २०८३ भदौ १६ गते ०८: १६ मा प्रकाशित     137   पटक पढिएको

रौतहट । रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरसहितका संरचना निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

आयोगका अनुसार आर्थिक वर्ष २०८१र८२ मा मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय, गौरबाट परोहा नगरपालिका–९ स्थित रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा अधुरो राधाकृष्ण मन्दिर निर्माणका लागि  ५० लाख ६६ हजार ९ सय ७५ को लागत अनुमान स्वीकृत भएको थियो।

 

निर्माण कार्यका क्रममा स्थलगत नापजाँच गर्दा फिल्डमा वास्तविक रूपमा भएको कामभन्दा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा बढी परिमाण देखाइएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ। त्यसरी वास्तविक कार्यभन्दा बढी देखाई ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको–दिएको आयोगको दाबी छ।

 

आयोगका अनुसार पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलले आपसी मिलेमतो तथा योजनामा बदनियत राखी फिल्डमा नभएको कामलाई भएको देखाई नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेको आरोप छ।

 

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग)र (ङ) बमोजिमको कसुर गरेको आरोप लगाउँदै बिगो  ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ। साथै गलत प्रतिवेदन तयार गरेको आरोपमा दफा १९(२) बमोजिमसमेत सजाय माग गरिएको छ।

 

त्यस्तै, उक्त निर्माण योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई मुख्य कसुरदारलाई गैरकानुनी लाभ पुग्ने कार्यमा मतियार बनेको आरोप लगाइएको छ।

 

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह कैद तथा जरिवाना हुनुपर्ने मागदाबी लिइएको अख्तियारले जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रौनियार परिवारद्वारा विपद् उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

कलैया । विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानमा बारको कलैयाका रौनियार परिवारले उल्लेखनीय योगदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.