बीरगंज । बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं १ का ३ वर्षिया बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवलदार कुमार बि.क. प्रकाउ परेका छन् ।
किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।
प्रहरी समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै गम्भिर प्रश्न उठेको छ।त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि बि.क. पक्राउ परेका हुन् ।
भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले भिडिओ लिक भएको घटनालाई गम्भीरतापूर्वक लिइएको र एक कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
तपाईको प्रतिक्रिया