logo

पर्सा प्रहरी वास्तविक घटनास्थल लुकाउदै  ? दोषी उम्काउने आधार बनाउदै

      २०८३ सावन २८ गते ०१: २५ मा प्रकाशित     408   पटक पढिएको

वीरगंज । पर्सा प्रहरीले केही अपराधीक घटनामा घटनास्थल लुकाउनुले उसको कार्यशैली प्रति गम्भिर चासो पैदा भएको छ । 
प्रहरीले आफनै इमेलबाट पठाएका सूचनाहरुमा घटनास्थल लुकाइएको पाइएको हो । 

 

पर्सा प्रहरीले गत २६ गते पठाएको एउटा सूचनामा १०५ के.जी. गाँजा सहित एक भारतीय नागरिक सउरु चौधरी पक्राउ परेको उल्लेख छ । प्रहरीले बोरा बोकेर शंकास्पद रुपमा हिडिरहेको मान्छेलाई चेक जाँच गर्दा चौधरी गाँजा सहित पक्राउ परेको उल्लेख छ ।

 

प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ सोनवर्षाका अफजल मिया सिद्धिकी घरबाट गाँजा र चौधरीलाई पक्राउ गरेको देख्ने अनेकौ मान्छेहरु हुदा हुदै घटनास्थल किन लुकाएको होला भन्ने प्रश्न उठेको छ ।  घरबाट गाँजा र चौधरीलाई पक्राउ गरेको देख्ने अनेकौ मान्छेहरु हुदा हुदै घटनास्थल किन लुकाएको होला भन्ने प्रश्न उठेको छ । 

 

प्रहरीले हुण्डीको रकम सहित चार जना समातेको सूचना  पठाएको छ । त्यसमा पनि घटनास्थल लुकाएको दावी गरिएको छ ।  यद्धपी पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले प्रहरीले पठाएको सूचना उललेखीत घटनास्थल नै आधीकारीक रहेको दावी गरेका छन ।

 

प्रहरीले आफैले वास्तविक घटनास्थल लुकाएर आफनै अनुसन्धानलाई प्रभावित पार्ने त्यसैका कारण न्यायिक प्रक्रिया, प्रमाणको विश्वसनीयता र प्रहरीप्रतिको जनविश्वासमै गम्भीर असर उत्पन्न गराउने काम किन गर्दैछ।

 

प्रहरी अनुसन्धानको उद्देश्य घटना के भएको थियो भन्ने सत्य पत्ता लगाउनु हो। तर वास्तविक घटनास्थल नै लुकाइयो भने प्रहरीले के प्रमाण लुकाउन खोजिरहेको छ भन्ने प्रश्न उठनु स्वभाविक नै हो । प्रहरीको यस्तो कामले निर्दोषलाई फसाउने र वास्तविक अपराधमा संलग्न आरोपीलाई उम्काउने आधार बन्न सक्छ । 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.