सेढवा । बुहारीको कुटपीट जिराभवानी गाउँपालिका वडा नं १ पिपरा टोल निवासी ५५ वर्षीया सायदा श्रीवास्तवको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारी २६ वर्षीया पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारीलाई पक्राउ गरेको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए ।
स्थानीयका अनुसार मृतक सायदा र उनकी बुहारीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। सोही विवादका कारण घटना भएको स्थानीयले बताएका छन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको प्रतिक्रिया