पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद, कारोवारी खोज्दै प्रहरी
इसीमाना सम्वाददाता
२०८२ फागुन २६ गते ०५: ४५ मा प्रकाशित
275 पटक पढिएको
काठमाडौँ । प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।
प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताए ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । बरामद लागुऔषध गाँजा र ट्रयाक्टर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
ट्रयाक्टरको कागजात निकालेर लागुऔषध कारोबारी खोज्ने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया