logo

सर्लाहीमा सशस्त्र प्रहरीको कारबाही : ३२ लाख बढीका भन्सार छलीका सामानसहित सवारी साधन बरामद

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते १२: ०४ मा प्रकाशित     212   पटक पढिएको

सर्लाही । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी कडा भएसँगै भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र बनेको छ।

 

सशस्त्र प्रहरी बल नेपालले सर्लाहीको पर्सा क्षेत्रबाट करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ।

 

भारतबाट चेरीबाटोबाट सामान भित्र्याइँदै गरेको गोप्य सूचनाका आधारमा परिचालित टोलीले दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकलसहित सामान बरामद गरेको हो।

 

प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सीमावर्ती नाकामा मोटरसाइकलमार्फत ल्याइएका सामान दुई पिकअपमा सारिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ।

 

बरामद सामग्रीमध्ये १ हजार ७ सय ८५ केजी भारतीय फूलको अनुमानित मूल्य करिब ७ लाख १४ हजार रुपैयाँ रहेको छ। त्यसैगरी विभिन्न किसिमका कपडाको मूल्य करिब ८ लाख ८३ हजार ७५० रुपैयाँ आँकलन गरिएको छ।

 

नियन्त्रणमा लिइएका दुई पिकअप र चार मोटरसाइकलको मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

 

बरामद गरिएका सामान तथा सवारी साधन थप अनुसन्धान र कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ।

 

सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा गस्ती तथा चेकजाँचलाई तीव्र बनाउँदै अवैध आयात–निर्यात नियन्त्रणमा विशेष सक्रियता देखाएको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.