logo

मलंगवामा गोली प्रहारबाट इन्जिनियरको हत्या, प्रहरी अनुसन्धान तीव्र

 इसीमाना सम्वाददाता     २०८२ फागुन ४ गते ०८: ५८ मा प्रकाशित     199   पटक पढिएको

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा अज्ञात व्यक्तिबाट भएको गोली प्रहारमा एक इन्जिनियरको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका फागुन ३ गते बेलुका करिब ८.५ बजे  सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवा–१० मा डेरा गरी बस्दै आएका जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवमाथि गोली प्रहार भएको हो।


घर अगाडिको प्यासेजमा गोली लागेर लडिरहेको अवस्थामा उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा करिब २५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।


गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर राति ८.३७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ। गोली प्रहार गरी फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको छ भने घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबी, आर्थिक लेनदेन वा अन्य कारण हुनसक्ने कोणबाट समेत छानबिन भइरहेको छ। घटनापछि  सुरक्षा व्यवस्था कडा बनाइएको छ।


यस घटनाले मलंगवा क्षेत्रमा त्रास फैलिएको छ भने मृतकका परिवारजन शोकमा डुबेका छन्। प्रहरीले घटनासम्बन्धी कुनै सूचना भए तत्काल उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.