भक्तपुर। ‘जेन–जी आन्दोलन’ का क्रममा विध्वंसकारीहरूले आगजनी र तोडफोड गरी ध्वस्त पारेको बालकोटस्थित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा उनी आज पहिलोपटक पुगेका छन्।
भदौ महिनाको २४ गते प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि उक्त घर सुनसान रहेको थियो। आज बिहान ओली सुरक्षा टोलीसहित निवास पुगेका हुन्। उनले तोडफोडपछिको अवस्था नजिकबाट अवलोकन गरेका छन्।
ओलीले घटनालाई “राजनीतिक उद्देश्यमुखी विध्वंस” भन्दै यसको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनले भनेका छन “घर जलाइएर विचार र प्रतिबद्धता जल्दैन, त्यो झन् सबल हुन्छ।”
स्थानीय बासिन्दाले घटनापछि घरको वरपर सुरक्षाको माग गर्दै चेतावनी बोर्ड टाँसेका थिए। अहिले परिसरमा प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ।
तपाईको प्रतिक्रिया