logo

सर्लाहीमा १६ वर्षअघिको कर्तव्यज्यान र डाँकाको घटनामा संलग्न एक अभियुक्त पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ४ गते ०७: ३० मा प्रकाशित     295   पटक पढिएको

लालबन्दी । करिब १६ वर्षअघिको कर्तव्यज्यान र डाँकाको घटनामा संलग्न एक व्यक्ति सर्लाहीमा पक्राउ परेका छन्।

 

सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुर टोलमा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २५ वर्षीय महेन्द्र रायलाई शुक्रबार दिउँसो करिब २ बजे प्रहरीले पक्राउ गरेको हो। उनलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

घटना विवरणअनुसार, २०६३ साल माघ ७ गते साँझ करिब ६ः३० बजे कविलासी नगरपालिका–६ तत्कालीन जमुनिया गाविस–६) स्थित मदनपुर पनपिया पोखरी नजिकै कर्तव्यज्यान र डाँकाको घटना भएको थियो।

 

त्यस दिन साँझ करिब ७ः३० बजे चक्रघट्टा गाउँपालिका–१ तत्कालीन पडरिया गाविस–१०) बस्ने राजेन्द्र प्रसाद चौधरी आफ्ना छोरा सन्तोष चौधरी र जैसवालले चलाएको मोटरसाइकलमा पसलबाट घर फर्किँदै थिए। सोही क्रममा महेन्द्र रायसहितको समूहले उनीहरूको मोटरसाइकल रोकेर साथमा रहेको १६ हजार रुपैयाँ लुटपाट गरेको प्रहरी अनुसन्धानले जनाएको छ।

 

लुटपाटपछि प्रतिवादी रायले गोली प्रहार गरी राजेन्द्र प्रसाद चौधरीको हत्या गरेको मृतकका छोरा सन्तोष चौधरी र जैसवालले २०६३ माघ ८ गते किटानी जाहेरी दिएका थिए। सो जाहेरी दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

 

घटनापछि लामो समयदेखि फरार रहेका रायलाई करिब १६ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.