logo

जेनजी आन्दोलनको बाछिटा,बानेश्वर बैंक लुटपाटको पैसा बुलेट मोटरसाइकलमा खर्च भएको खुलासा

      २०८२ कार्तिक ३ गते ०१: ४२ मा प्रकाशित     258   पटक पढिएको

 काठमाडौं । ‘जेन–जेड आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरी प्राप्त रकमबाट बुलेट मोटरसाइकल खरिद गरिएको खुलासा भएको छ।

बैंक लुटपाटको आरोपमा पक्राउ परेका दोलखा घर भएका २७ वर्षीय दीपक श्रेष्ठले प्रहरीसमक्ष सो रकम प्रयोग गरी मोटरसाइकल खरिद गरेको स्वीकारेका हुन्।

प्रहरीका अनुसार श्रेष्ठले बैंकबाट करिब दुई लाख पचास हजार रुपैयाँ मात्रै लगेको दाबी गरेका छन्। उनले उक्त रकममा थप एक लाख बहत्तर हजार रुपैयाँ मिलाएर रातो रङको बुलेट मोटरसाइकल ४ लाख २२ हजार रुपैयाँमा खरिद गरेको बयान दिएका छन्।

श्रेष्ठले बैंकबाट नगद रकमका साथै तीन थान सुनका बाला, एउटा बेरुवा औंठी र गणेशको लकेट भएको एउटा सिक्रि समेत लुटेको स्वीकारेका छन्।

यस घटनामा श्रेष्ठसँगै एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

बानेश्वर शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो।
त्यसमध्ये १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद रहेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.