वीरगन्ज । वीरगन्जमा ग्याङ फाइटमा मृत्यु हुने युवकको पहिचान खुलेको छ ।
बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका २४ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेको प्रहरीले जनाएको छ ।
महानगरको गीता मन्दिर नजिकै भएको ग्याङ फाइटमा कानुको मृत्यु भएको हो । उनलाई उपचारको लागि नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई भाटाले प्रहार गरिएको थियो ।
पुरानो विवादले गएराति दसैँ मेलमा ग्याङ फाइट परेको थियो ।
कानु मृत्यु प्रकरणमा संलग्न आरोपीहरु केही पक्राउ परे पनि मुख्य अभियुक्त अझै फरार रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया