सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा एक किशोरलाई अपहरण गरी हत्या गरिएको छ ।
संजय सिंहका १५ वर्षिय छोरा अभिषेक सिंह लाई अपहरणपछि हत्या गरी शव आफ्नै आफन्तको आँप बगैचामा फालिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार अपहरणकारीले पीडित परिवारसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए । तर रकम नपाएपछि अभिषेकको हत्या गरी शव लुकाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले आठ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको आशंकामा अभिषेकका आफन्त र छरछिमेकसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया