logo

स्रोत खुलाउन नसकेको नेपाली ८ लाख रुपैया सहित सशस्त्र प्रहरीद्वारा महुवनका साह पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ असोज ७ गते ०५: १५ मा प्रकाशित     313   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकैबाट स्रोत नखुलेको ८ लाख ७ हजार रुपैया सहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पर्साको सखुवापर्सौनी गाउँपालिका वडा नं ५ का ४३ वर्षीय राजेश कुमार साह तेली रहेका छन्। उनलाई ८ लाख ७ हजार रुपैयाँ नगदसहित सशीत्र प्रहरीले पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएफ ०४६९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

 

सशस्त्र प्रहरी नायब निरीक्षक सुजय कुमार सिंह  कमान्डमा खटिएको संयुक्त सुरक्षा टोलीले यो कारबाही गरेको हो।

 

बरामद गरिएका नोटहरूमा १ हजार दरका ५ सय १५ वटा, ५०० दरका ५ सय ७२ वटा र १०० दरका ६० वटा नोटहरू रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका साहले उक्त नगदको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नगद र बरामद भएको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार, सीमा क्षेत्रमा हुने अवैध कारोबार र स्रोत नखुलेको नगदको ओसारपसार नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.