logo

वीरगञ्जमा ४ हजार अवैध बोईलर चल्ला बरामद, खाडल खनेर नष्ट

 इसीमाना सम्वाददाता     २०८२ असोज ३ गते १२: ५६ मा प्रकाशित     428   पटक पढिएको

 वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१९ केहुनिया नजिक सुरक्षाबलले ठूलो परिमाणमा अवैध बोईलर कुखुरा चल्ला बरामद गरेको छ।

 

 नं. १३ गण हेडक्वाटरपर्साबाट सशस्त्र प्रहरी सहायक निरिक्षक संजिव कुमार यादवको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले उक्त चल्ला बरामद गरेको हो।

 

मोबाइल टोलीले भारततर्फबाट अबैध रूपमा ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएका करिबव १ लाख मूल्य बराबरका करिब ४,हजार चल्ला  बरामद गरेको जनाएको छ। प्रहरीकाअनुसार मोटरसाइकल चालक भने प्रहरी टोली देख्नेबित्तिकै सवारीसाधन छाडेर फरार भएका थिए।

 

बरामद चल्लाहरूलाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टिन कार्यालयका प्रतिनिधिको उपस्थितिमा गणको पेरिमिटरभित्र खाडल खनेर पुरेर नष्ट गरिएको छ।

नं. १३ गणका अनुसार बरामद मोटरसाइकललाई भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ। सुरक्षाबलले यस्ता अवैध गतिविधि रोकथामका लागि सीमा क्षेत्रमा निगरानी अझ कडाइका साथ गर्ने जनाएको छ

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.