logo

६३ एसपीको सरुवा,मधेशका ४ जिल्लाका कमाण्डर फेरिए, आकर्षक  मानिने तराईका झापा देखी कैलाली सम्म कसले पाए जिम्मेवारी ?(सूची सहित)

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १५ गते ०६: १५ मा प्रकाशित     186   पटक पढिएको

वीरगन्ज ।  नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो ।


कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् ।


नेपाल प्रहरी मुख्यालयले मधेश प्रदेशका चार जिल्लाका प्रहरी कमाण्डरको सरुवा गरेको छ ।


नेपाल प्रहरीको प्रधान कार्यालयले सोमबार निकालेको ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काजमा मधेश प्रदेशका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एसपीहरुको सरुवा भएको छ ।

 

प्रहरी मुख्यालयले धनुषामा एसपी भुवनेश्वर तिवारीको ठाउँमा नरहरी रेग्मीलाई पठाएको छ भने तिवारीलाई नेपाल प्रहरी विपद् व्यवस्थापन सामाखुसी सरुवा गरेको छ । रेग्मी ०६२/०६३ को आन्दोलन ताका वीरगंजमा प्रहरी नीरिक्षकको रुपमा कार्यरत थिए ।

 

त्यसैगरी रौतहटमा नेत्रमणि गिरी आउने भएका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण, विरेन्द्रनगरबाट रौतहट आउन लागेका हुन् । रौतहटका हालका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा सरुवा भएको छ ।

 

यसैगरी, सर्लाहीका हालका एसपी रविन्द्र बहादुर सिंहको प्रहरी मुख्यालय नक्सालमा सरुवा भएको छ । उनको स्थानमा लुम्बिनी प्रदेश प्रहरी गण, बाँकेबाट योगेन्द्र कुमार खड्का आउने भएका छन् ।

त्यसैगरी महोत्तरीमा हेरम्ब शर्मा सरुवा भएर आउने भएका छन् । उनी नेपाल प्रहरी विपत् व्यवस्थापन शाखाबाट सरुवा भइ महोत्तरी आउन लागेका छन् । महोत्तरीका हालका एसपी नकुल पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।

 

यसैगरी गण्डकी प्रदेश प्रहरी गण पोखराबाट सिरहामा काजमा आएका अनन्त राम शर्माको दरबन्दी सिरहामै कायम भएको छ । यता, ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका हालका ट्राफिक प्रमुख भिमकिरण बोगटीको स्थानमा राजकुमार सिलवाल आउने भएका छन् ।

 

एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी,  कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन् । 

sp-saruwa-baisakh-15-7.jpgsp-saruwa-baisakh-15-6.jpg

 

sp-saruwa-baisakh-15-5.jpg

sp-saruwa-baisakh-15-4.jpg

sp-saruwa-baisakh-15-3.jpg

sp-saruwa-baisakh-15-2.jpg

sp-saruwa-baisakh-15-1.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.