logo

खाना नपाएको झोकमा जेठाजुले गरे ३६ वर्षिया बुहारीको हत्या,प्रहरी घटनाको अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते ०९: ५४ मा प्रकाशित     186   पटक पढिएको

सांकेतीक तस्विर

मलंगवा । धारिलो हतियार (फर्सा) प्रयोग गरेर जेठाजुले बुहारीको हत्या गरेका छन । घटना सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३, मधुवनगोठको हो ।

 

त्यहाका ४० वर्षिय साहेव पासवानले  ३६ वर्षिया बुहारी रेनुदेवी पासवानको हत्या गरेका हुन । प्रत्यक्षदर्शीका अनुसार पासवानले बुहारीको शरीरमा १५ पटक भन्दा बढी प्रहार गरेका छन । आइतवार बिहान पौने १० बजे पासवानले बुहारीको हत्या गरेका हुन ।


आइतवार विहान बुहारी रेनुसंग खाना मागेको मागेको बेला बुहारीसंग विावद भएको र त्यही झोकमा उनले बुहारीलाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ  ।


शनिवारका दिन पासवान र उनको श्रीमती वीच झगडा भएको थियो । श्रीमती रिसाएर  छोरा छोरी सहित भारतमा रहेको माइती घर गएको स्थानीयले बताए ।

 

 शनिवार देखी भोकै रहेका पासवानले खाना नपाएको झोकमा बुहारीलाई धारिले हतियार प्रयोग गरि हत्या गरेका हुन । सर्लाही प्रहरीले भने यो बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।


रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.