logo

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार सम्बद्ध संगठनको माँग

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते ०७: ५१ मा प्रकाशित     1161   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मंगलबार साँझ भएको प्रदर्शनको क्रममा समाचार संकलन गर्न पुगेका तीन जना पत्रकार घाइते भएका छन् ।

मंगलबार पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई पक्राउ गरेको थियो ।

आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै पर्सा प्रहरी अगाडि प्रदर्शन सुरु भयो ।

सोही विषयमा समाचार संकलन गर्ने पुगेका एभीन्युज टेलिभिजनका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते भएका छन् ।

उनीहरुको नारायणी अस्पतालमा उपचार गरिएको छ । यसैबिच प्रदर्शनको समाचार सामग्री संकलन गरिरहेका पत्रकारहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, प्रेस चौतारी नेपाल पर्सा र श्रमजीवी पत्रकार संघ पर्साले छुट्टाछुट्टै प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । 

आम नागरिकमा सत्य तथ्य सूचना पु्र्याउने सञ्चारकर्मीहरु नै ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु अत्यन्त दुखद भएको भन्दै यस्ता घटनामा संलग्नहरुलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।IMG_3785.jpeg

centre.jpg?resize=720%2C932&ssl=1

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.