logo

ठोरीको सुन्दबस्तीमा फूटवल प्रतियोगिता,बिजयबस्ती फुटबल टिम ठोरी सेमीफाइनलमा प्रवेश

 इसीमाना सम्वाददाता     २०७८ भदौ ९ गते ०६: ३४ मा प्रकाशित     941   पटक पढिएको

ठोरीको सुन्दरवस्तीमा  श्रीकृष्ण जन्माष्टमीको अवसरमा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा बिजयबस्ती फुटबल टिम ठोरी बिजयी भएको छ ।

 

उसले आयोजक अमृत युवा क्लव ठोरी २ सुन्दरबस्तीलाई  शून्य दुई गोलको अन्तरले पराजीत गरेको हो । यो संगै बिजयवस्ती प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 


 बिजयबस्तीका जर्सी नम्बर ३ का नविराज श्रेष्ठले गरेको गोलसँगै बिजयवस्ती सेमिफाइनलमा प्रवेश गरेको हो । अमृत युवा क्लबले धेरै अवसर पाएता पनि बिजयबस्तीका गोलरक्षक खेम श्रेष्ठको उत्कृष्ट प्रदर्शनका कारण सफलता भने हात लागेन ।

 

खेलको अन्तिम  समयमा बिजयबस्तीका जर्सी नम्बर २० का सौरभ लामाले दोस्रो गोल गरि जित पक्का गरे  । 


     भोलिको खेल वनशक्ती स्पोर्ट्स कल्ब ठोरी २ र निर्मलसमाज युवा क्लब ठोरी ४ मिलचोक बिच हुने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगितामा  प्रथम हुनलाई ३० हजार  दोश्रोलाई १५ हजार र मेडल कप र प्रमाणपत्र प्राप्त गनेृ छन । 
    खेलको प्रथम पुरस्कार अमेरिका बस्दै आइरहेका सुन्दरबस्ती स्थायी घर भएका सन्तोष गुरुङले उपलब्ध गराउने भएका छन ।

 

दोस्रो पुरस्कार नाङ्साल बेकरी ठोरी २ ले प्रायोजन गरेको तथा खेलभरी सर्वाधिक गोलकर्तालाई ठोरी २ चोकबजारमा रहेको रुपाखेती कलेक्सनले पुरस्कारको प्रायोजन गरेको आयोजक समितिका सचिव शम्भु गुरुङले जानकारी दिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.