logo

जीपी फाउण्डेशन कप फूटबलमा धनुषाको विजयी सुरुवात  

क्रिकेटमा केआईइसी र सिंह ११ लायन्स विजयी  

      2/1/2020 गते 00 00 मा प्रकाशित     1737   पटक पढिएको

वीरगन्ज, १९ माघ । वीरगन्जमा शनिबारदेखि शुरु भएको जी.पी. कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा पूmटबल संघलाई पराजित गरी धनुषा पूmटबल संघ विजयी भएको हो ।

धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो । खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीश श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो । पर्साका खेलाडीले पाएको पहिलो पेनाल्टीमा जर्सी नम्बर ४ का आशिष ताम्राकार र जर्सी नम्बर १० का सुनिल गुरुङले गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएको हो ।

यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा कार्यक्रम भएको हो । आईतबार महोत्तरी फुटबल संघ र रौतहट पूmटबल संघबीच खेल हुनेछ । 

क्रिकेटमा केआईइसी र सिंह ११ लायन्स विजयी  

वीरगन्जमा जारी वीरगन्ज प्रिमियर टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सिंह–११ लायन्स वीरगन्ज र केआईइसी वीरगन्ज विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको खेलमा सिंह–११ लायन्सले रौतहट राईनोजलाई ७ विकेटले पराजित गरेको हो ।

रौतहट राईनोजले दिएको ९३ रनको लक्ष्य तीन विकेटकै क्षतिमा पूरा गरेपछि खेल सिंह ११ लायन्सले जितेको हो । त्यस्तै शनिबार नै भएको अर्को खेलमा केआइइसी वीरगन्ज ५ विकेटले विजयी भएको छ । वीरगन्ज स्टारले बनाएको ९६ रनको योगफल केआईइसीले ५ विकेटको नोक्सानीमा पूरा गरेर भेट्टाएको हो ।

वीरगन्ज स्टार र केआईइसीबीचको खेलको म्यान अफ दी म्याच आदिल अन्सारी भएका छन् ।
सिंह–११ र रौतहट राईनोजबीच भएको खेलमा ३ विकेट र ३४ रन बनाएको महबुब आलम म्यान अफ द म्याच घोषित भएका छन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.