वीरगंज । जीतपुर सीमरा उपमहानगरपालिकाको वडा न ९ एउटा बिद्यालय एसइई परिक्षामा निल भएको छ ।
निल भएपछि बिद्यालयका प्रधानाध्यापक पिताम्बर चौधरीले राजीनामा घोषणा गरेका छन ।
छातापिप्रामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १७ जना बिद्यार्थी परिक्षामा सामेल भएकोमा एक जना पनि उर्तीण हुन सकेनन । यस अघि सोही बिद्यालय ८ कक्षाको जिल्ला स्तरीय परिक्षामा पनि निल भएको थियो ।
बिद्यालयका प्रधानाध्यापकले राम्रो पढाएको भएपनि रिजल्ट राम्रो नआएको बताए ।
उनले भने मैले राम्रो शिक्षा दिन सकिन । उनले भने मेरो गल्ती भयो मैले परिणाम दिन सकिन भन्दै उनले राजीनामा घोषणा गरेका हुन ।
तपाईको प्रतिक्रिया