logo

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

 इसीमाना सम्बाददाता     २०८३ बैशाख ५ गते ०८: ४५ मा प्रकाशित     358   पटक पढिएको

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

 

वीगंजको क्लासिक बेक्वेटमा एक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम गरेको हो ।  सुदुर पश्चिमाञ्चल बिश्वबिद्यालयको परिक्षा नियन्त्रण कार्यालयका पूर्व प्रमुख प्रेम सिंह भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 


कलेजका प्रमुख बिनोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका संचालन डा.दीपेन्द्र चौधरीले बिद्यार्थीले पालना गर्नु पर्ने अनुशासनको बारेमा चर्चा गरेका थिए ।

 

उनले सफलताको कुंजी नै अनुशासन भएको चर्चा गर्दै जस्तो सुकै अवस्थामा पनि अनुशासनको पालना गर्न बिद्यार्थीलाई आग्रह गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले बिदाई शब्दले थप दायित्वबोध गराउने बताए ।

 

भोलीको नेपालको भविष्यका रुपमा रहेका आजाका बिद्यार्थीहरुले आमा बुवाको सपना समेत साकार पार्नु पर्ने दायित्व रहेको बताए ।

 

उनले बिरोधाभाषको अन्त्य गर्दै दायित्वबोध गरेर इमान्दारीतापूर्वक आफनो गन्तब्य तर्फ बढनु नै बिदाईको अर्थ भएको बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा,वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम  पत्रकार राघव साह, प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे अध्यापकहरु सुशिला साह, सरोज चौधरी, बिनोद मेहता, दिनेश चौरसिया क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर प्रमुख प्रशासक सुरेश चौधरी लगायतले १२ कक्षाको परिक्षाकालागि शुभकामना  मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा कलेजका छात्राहरुले सास्कृतिक प्रस्तुती दिएका थिए कार्यक्रमको संचालन कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.