logo

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २१ गते ०७: ४२ मा प्रकाशित     377   पटक पढिएको

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।


 प्रतियोगितामा सहभागीमध्ये तीन जना उत्कृष्ट विजेता घोषित गरिएको छ।

प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय भएका छन्।

No photo description available.
                                                                     माधव तिमिल्सीना

प्रथम भएका तिमिल्सिनाले नगद २० हजार रुपैयाँ, द्वितीय खरेलले १५ हजार रुपैयाँ र तृतीय विकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, उत्कृष्ट समाचार वाचन गर्ने तीन जना,सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटाले जनही ५ र ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पाए।


कार्यक्रममा वीरगंजका तीन कलेजका छात्र छात्राले पनि समाचार बाचन प्रतियोगितामा भाग लिएका थिए । उनीहरुको प्रतिभालाई प्रष्फूटन गर्ने उद्धेश्यले उनीहरुलाई सहभागि गराइएको थियो ।

 

प्रतियोगितामा प्रथम द्वितिय र  तृतिय भएकाहरुलाई जनही १ हजार ५ सय रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 

595571659_3364582603695033_8213801420952181907_n-1765110361.jpg

वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, सखुवाप्रसौनी गाउँपालिका प्रमुख यसवन्त यादव  नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सीडिओ भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव बिजय चौहान ,प्रेस सेन्टरका मधेश अध्यक्ष निरज पिठाकोटे समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसी भण्डारी, वीरगंज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल  लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए भने संचालन एफएमका कार्यकारी निर्देशक बिवनाथ यादवले गरेका थिए । प्रतियोगिताको निर्णायकमा पत्रकारहरु लक्ष्मण कार्की, प्रतिमा चौधरी र सन्तोष देउजा रहेका थिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.