logo

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १४ गते ०६: २५ मा प्रकाशित     212   पटक पढिएको

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

 

 गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भवनको बिधिवत् रूपमा उद्घाटन गर्दै स्थानीय शिक्षा पूर्वाधार सुदृढिकरणमा यसलाई महत्वपूर्ण उपलब्धि भएको बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्जभित्र ऐतिहासिक रूपमा बसोबास गर्दै आएका स्थानीयवासी आफ्नै विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भएपछि खुसी भएका छन्।

 

भवन नहुँदा २ कक्षाकोठामा ५ वटा कक्षा सन्चालन गर्नुपर्ने अवस्था रहेको र हिउँदमा खुलेआम चौरमै पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

 

 पहिलेका दुई कक्षाकोठा समेत हात्तीले नष्ट गरिदिएको उनको भनाइ छ। नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा शिक्षाको पहुँच उपलब्ध हुने विद्यालयले जनाएको छ।

 

शिकारीबासमा वर्षौँदेखि भौतिक पूर्वाधारको अभाव रहेको अवस्थामा २०७९ मा निर्वाचित स्थानीय सरकारले समग्र विकासलाई विशेष प्राथमिकता दिएको छ।

 

शुद्ध खानेपानी, उप–स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा, मोबाइल टावर नआउने भएकाले निःशुल्क वाइफाइ सुविधा जस्ता सेवाले शिकारीबासले रूपान्तरणको अनुभूती गर्दै आएको  स्थानीयवासीको प्रतिक्रिया छ।

 

बैकल्पिक उर्जा स्रोतका रूपमा स्थापित सोलार बत्तीले गाउँ नै झलमल्ल बनेको छ। गाउँपालिकाले सञ्चालन गरेको “जनता आवास कार्यक्रम” अन्तर्गत ५ परिवारका लागि निर्माणाधीन घरहरू अन्तिम चरणमा पुगेका छन्।

 

अध्यक्ष श्रेष्ठसहितको टोलीले आज विद्यालय भवनसँगै ती संरचनाको पनि अनुगमन गरेका छन ।

 

प्रारम्भिक चरणमा ५ परिवारलाई समेटिएको यो कार्यक्रम आगामी चरणमा अन्य परिवारसम्म विस्तार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.